
सम्पूर्ण महासागरहरुको सबै जानकारी एकैठाउँमा (लोकसेवा आयोग विषेश)
- पुष २०, २०७७ मा प्रकाशित

पानिले ढाकेको बिशाल जलभागलाइ महासागर भनिन्छ । पृथ्विको कुल भुभागमध्ये करिव ७१ प्रतिसत भुभाग अर्थात ३६ करोड ११ लाख ४९ हजार बर्ग किलोमिटर भुभाग पानिले ढाकेको छ ।
महासागरमा रहेको विश्बको पानीको प्रतिशत,
प्रशान्त . ४५.५५ प्रतिशत
आन्ध्र . २३ ५ प्रतिशत
हिन्द . २०.५ ५ प्रतिशत
कुमेरु . ७ ५ प्रतिशत
सुमेरु . ४ ५ प्रतिशत
महासागरहरुको क्षेत्रफल (बर्ग कि मी)
प्रशान्त महासागर . १६ करोड ५७ लाख,
आन्ध्र महासागर . ८ करोड २४ लाख,
हिन्द महासागर . ७ करोड ३५ लाख,
कुमेरु महासागर . २ करोड ४४ लाख
सुमेरु महासागर . १ करोड ५१ लाख
महासागरको औसत गहिराई (मिटरमा)
प्रशान्त महासागर . ४३००
आन्ध्र महासागर . ३७००
हिन्द महासागर . ३९००
कुमेरु महासागर . २४००
सुमेरु महासागर . १३३०
(क) प्रशान्त महासागर सम्वन्धी जानकारी
१) यो पृथ्विको सवैभन्दा ठुलो र गहिरो महासागर हो । यो त्रिभुज आकारको छ । यो उत्तर तथा दक्षिण अमेरिकाको पश्चिमि भाग तथा एसिया र अष्ट्रेलियाको पुर्वि र उत्तरी भागमा अवस्थित छ ।
२) प्रशान्त महासागरको क्षेत्रफल १६ करोड ५६ लाख बर्ग किलोमिटर (६ करोड ४१ लाख ८६ हजार ३ सय बर्ग माइल) छ ।
३) यो महासागरको औषत गहिराई ४३०० मिटर (१४००० फिट) छ । प्रशान्त महासागरको सवैभन्दा गहिरो भाग फिलिपिन्स नजिकको मारियाना ट्रेन्च हो जसको गहिराइ ११७७६ किलोमिटर छ ।
४) यो महासागरले पृथ्विको जलमण्डलको ४५. ५ प्रतिसत तथा कुल भुभागको करिव १ तिहाइ भुभाग ओगटेको छ ।
५) प्रशान्त महासागरमा साना ठुला गरि करिव २० हजार टापु तथा द्धिपहरु रहेका छन ।
६) यो महासागरमा ह्वाङ्हो, अमुर, यान्जे, क्लोराडो, मिसैरी, युकन, क्लोराडो जस्ता नदि मिसिन्छन ।
७) पृथ्विको धरातल खुम्चने र फैलने क्रममा प्रशान्त महासागर बर्षेनि १ इन्चको दरले खुम्चिरहेको छ ।
८) प्रशान्त महासागरले अमेरिकाबाट एसिया र अष्ट्रेलिया महादेशलाइ छुट्याउछ ।
(ख) आन्ध्र महासागर सम्वन्धी जानकारी
१) यो महासागर क्षेत्रफलको आधारमा विश्वको दोस्रो ठुलो तथा गहिराइको हिसावले विश्वको तेस्रो गहिरो महासागर हो । यो महादेश अङ्ग्रेजी अक्षर क् संग मिल्दो जुल्दो आकारको छ । यो महासागर उत्तर दक्षिण अमेरिकाको पुर्व तथा युरोप र अफ्रिकाको पश्चिमी भागमा रहेको छ ।
२) आन्ध्र महासागरको नामाकरण प्राचिन ग्रिकवासिहरुले गरेका थिए भने यो महासागरलाइ वाणिज्य महासागरको उपनामले पनि चिनिन्छ ।
३) आन्ध्र महासागरको क्षेत्रफल ८ करोड २४ लाख बर्ग किलोमिटर (३ करोड ३४ लाख २० हजार बर्ग माइल) रहेको छ ।
४) आन्ध्र महासागरको औषत गहिराइ लगभग ३७०० मिटर (१२००० फिट) रहेको छ । आन्ध्र महासागरको सवैभन्दा गहिरो स्थान प्युरिको दिप (एगभचतयचष्अय म्भभउ) (कुनै पुस्तकमा मेक्सिको खाडि पनि उल्लेख भएको ) हो । एगभचतयचष्अय म्भभउ को गहिराइ ९२०० मिटर छ ।
५) यो महासागरले कुल जलमण्डलको २५.७० प्रतिसत भुभाग ओगटेको छ । बाल्टिक सागर, उत्तरी सागर, भुमध्यसागर, कृष्णसागर, क्यारेवियन सागर आदि सागर आन्ध्र महासागरको छेउछाउमा रहेका सागरहरु हुन ।
६) पृथ्विको धरातल खुम्चने र फैलने क्रममा प्रशान्त महासागर बर्षेनि १ इन्चको दरले खुम्चिरहेको छ ।
७) यस महासागरमा राइन, सेनेगल, नाइजर, कंगो, सेन्टलरेन्स, मिसिसिपी अमेजन, ओरिनोको, ओहायो जस्ता नदिहरु मिसिन्छन ।
८) आन्ध्र महासागरले युरोप र अफ्रिकावाट अमेरिकालाइ छुट्याउछ ।
९) आन्ध्र महासागरमा रहेको रहस्यमय समुद्रि क्षेत्रलाइ बर्मुडा त्रिकोण भनिन्छ ।
(ग) हिन्द महासागर सम्वन्धी जानकारी
१) हिन्द महासागर क्षेत्रफलको हिसावले विश्वको तेस्रो ठुलो तथा गहिराइको हिसावले दोस्रो ठुलो महाशागर हो । यो महासागर ः आकारको छ । यो महासागर एसियाको दक्षिणी भागमा एसिया अफ्रिका र अष्ट्रेलिया महादेसको विचमा पर्दछ ।
२) तेलको महासागर उपनामले चिनिने यो महासागरबाट मनसुनी वायु उत्पन्न भइ बहने गर्दछ त्यसैले यसलाइ ओसियन अफ मनसुन पनि भनिन्छ ।
३) हिन्द महासागरको क्षेत्रफल ७ करोड ३५ लाख वर्ग किलोमिटर (२ करोड ८३ लाख ५० हजार ५ सय वर्ग माइल) रहेको छ
४) हिन्द महासागरको औषत गहिराइ ३९०० मिटर (१२ हजार ८ सय फिट) रहेको छ । यो महासागरको सवैभन्दा गहिरो स्थान जाभा ट्रेन्च हो जसको गहिराइ ७४५० मिटर रहेको छ ।
५) यो महासागरले कुल जलमण्डलको करिव २०.५ प्रतिसत भुभाग ओगटेको छ । लालसागर, अरव सागर, बगालको खाडि, फाराम खाडि, एडेन खाडि आदि हिन्द महासागरको वरिवरिका सागर तथा खाडिहरु हुन ।
६) यो महासागरमा मेकङ्ग, मेनाम, गंगा, ब्रह्मपुत्र, इरावदी, सिन्ध, टिग्रिज र युफ्रेटस नदिहरु मिसिन्छन ।
७) यो महासागरले अफ्रिका र अष्ट्रेलियालाइ छुटाउछ ।
(घ) कुमेरु महासागर सम्वन्धी जानकारी
१) कुमेरु महासागर विश्वको चौथो ठुलो तथा गहिरो महासागर हो । यो महासागर वृत्त आकारको छ । यो महासागर प्रशान्त तथा आन्ध्र महासागर संग जोडिएरपृथ्विको दक्षिणी ध्रुवमा अवस्थित छ ।
२) यो महासागरलाइ वर्षैभरी हिंउले छोप्छ । भौगोलिक विकटताको कारणले यो महादेशको विस्तृत अध्ययन हुन सकेको छैन ।
३) यो महासागरको क्षेत्रफल २ करोड ४४ लाख वर्ग किलोमिटर रहेको छ ।
४) कुमेरु महासागरको औषत गहिराइ २४०० मिटर (७९०० फिट) रहेको अनुमान गरिएको छ ।
५) यो महासागरले पृथ्विको कुल जलमण्डलको करिव ७ प्रतिसत भुभाग ओगटेको छ ।
६) यो महासागरलाइ दक्षिणी ध्रुविय महासागर तथा चिसोपानीको महासागर जस्ता उपनामले चिनिन्छ ।
७) यो महासागर दक्षिणी धुर्वको वरिपरि रहेर अन्टार्कटिका महादेशलाइ घेर्दछ ।
(ङ) सुमेरु महासागर सम्वन्धी जानकारी
१) सुमेरु महासागर विश्वको सवैभन्दा सानो तथा कम गहिराइको महासागर हो । सुमेरु महासागर पनि वृत्ताकारको छ । यो महासागर उत्तरी ध्रुवलाइ ढाकिने गरि बसेको छ ।
२) सुमेरु महासागरको आधाभन्दा वढि भाग हिंउले ढाकिएको छ ।
३) यो महासागरको क्षेत्रफल १ करोड ५१ लाख वर्ग किलोमिटर रहेको छ ।
४) सुमेरु महासागरको औषत गहिराइ १३३० मिटर (४४०० फिट) रहेको छ । यो महासागरको सवैभन्दा गहिरो स्थान मोलि दिप हो जसको गहिराइ ५६०८ मिटर रहेको छ ।
५) यो महासागरले पृथ्विको कुल जलमण्डलको ४ प्रतिसत भुभाग ओगटेको छ ।
६) यो महासागरलाइ उत्तरी ध्रुविय महासागर तथा चिसो पानीको महासागर जस्ता उपनामले चिनिन्छ ।

सम्बन्धित खवर
- प्याजको बोक्रा फाल्नु हुन्छ ? यस्ताे गल्ती नगर्नुस्
- यस्ता छन् बेसार सेवन गर्दा जान्नैपर्ने पाँच मुख्य कुरा
- जनप्रतिनिधि धम्क्याउँदै दाहाल–नेपाल समूहका नेता
- एसी मिलान ‘सिरी ए’ को शीर्ष स्थानमा कायमै
- पानीजहाज कार्यालयले थाल्यो चार नदीमा जलमार्ग सम्भाव्यता अध्ययन
- कोभिड सम्बन्धी महासभामा ओलीको सम्बोधन : हामी सबै एउटै आगाको भुंग्रोमा छौँ
- पुग्नै पर्ने बराहपोखरी (फोटो फिचर)
- आज पृथ्वी नारायण शाहको जन्म दिन
- दंगालले नेतृत्वमा नेकपा खोटाङ, रिजाल दोश्रो बरियतामा
- अमेरिकाले चीनलाई रिस उठाउने खालको अर्को एउटा कडा कदम उठायो
- बाबुरामलाई मार्न प्रचण्डले खाल्डो खनेका थिए, हामीले बचायौँ ।– मन्त्री थापा
- जनप्रतिनिधि धम्क्याउँदै दाहाल–नेपाल समूहका नेता
Comments