•   ३ माघ २०७७, शनिबार
  •   10:35:17 AM

घोर्लेमा बृहत सुन्तला महोत्सव उद्घाटन

- पुष १८, २०७७ मा प्रकाशित


खवर संजाल, १८ पुस, चिसापानी ।

खोटाङको जन्तेढुंगा गाउँपालिकामा प्रथम सुन्तला महोत्सव सुरु भएको छ । ‘कृषि र उत्पादन विकासको आधार, सुन्तला उत्पादन गरिबी निवारण पुर्वाधार’ भन्ने मुल नाराका साथ सुरु भएको महोत्सव भोली (आईतबार)सम्म जारी रहने छ ।

चिसापानी स्थित घोर्लेमा उत्पादन हुने सुन्तलाको प्रचार – प्रसार गर्दै कृषकको प्रोत्साहनका लागि सुन्तला महत्वसवको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रम गाउँपालिकाको मुख्य प्रायोजन, ग्रामिण विकास तथा अनुसन्धान केन्द्र, श्रृजनशिल आमा समुह र तिनतले कोलाताङ सामुदायीक वन घोर्लेको सह–प्रयोजनमा स्थानीय प्रगतिशिल कृषक समुह र सिलिचोङ साँस्कृतिक परिवार घोर्लेको आयोजनामा गरिएको हो ।

महोत्सवमा सुन्तलाको जुस, वाईन, स्थानीय कलाकारको साथमा विविध साँस्कृतिक कार्यक्रम, साकेला शिली प्रदर्शन, लोकदोहोरी तथा नृत्य प्रतियोगीता, राई पुमाहरुको धार्मिक तथा साँस्कृतिक वस्तुहरुको प्रदर्शनी भएको छ ।कार्यक्रमको उद्घाटन संविधानसभा सदस्य मा. विशाल भट्टराईले गर्नुभएको हो ।

महोत्सव आयोजना गरिएको स्थल घोर्लेबाट बार्षिक दुई करोड बढिको सुन्तला निर्यात हुने गरेको छ ।

कार्यक्रममा नेकपा का जिल्ला कमिटी सचिव राम दंगाल, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजाल, उपप्रमुख बिणादेवी राई सहित धेरै जनप्रतिनिधि, कार्यालय प्रमुखहरू, सुरक्षाकर्मी र पत्रकारहरूको उपस्थिति रहेको थियो ।

महोत्सवको समापन पनि भोली संविधानसभा सदस्य भट्टराईले नै गर्ने आयोजकले जनाएको छ ।

Comments