•   ८ बैशाख २०७८, बुधबार
  •   10:13:22 PM

सम्पादकीय

- पुष १८, २०७७ मा प्रकाशित


लामो समयको निरन्तर प्रयत्न र अठोटका कारण आजको मितिसम्म आइपुग्दा हामी हाम्रो अनलानको औपचारिक रुपमा शुभारम्भको घडिमा आइपुगेका छौ । यस क्रममा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग एवं उत्प्रेरणा प्रदान गर्नुहुने सम्पुर्ण शुभचिन्तक मन तथा सहयोगी हातहरुमा हामी हार्दिक आभार प्रकट गर्दछौं ।

आजको युग विकसित सुचना-प्रबिधिका कारण खोजी,ज्ञान र प्रसारणको दायरा तिव्र गतिमा विस्तार भई पहुँच र प्रयोगको क्षेत्रमा धेरै साघुरो हुँदै गएता पनि दैनिक आउने असंख्य सुचनाहरुभित्रबाट सहि सुचना,आवश्यक सुचना तथा महत्वपूर्ण सुचनाहरुको महत्व झन धेरै बढेर गएको छ ।

अझ नेपालको लोकतन्त्र तथा आधुनिक जागरणमा त सञ्चार क्षेत्रको धेरै योगदान भएको बिदितै छ । विभिन्न परिवर्तन र रुपान्तरणको अभियानमा सञ्चार क्षेत्रले सदैव अग्रभागमा उभिएर आफुलाई इतिहासमा पटक पटक प्रमाणित गरेको छ ।

फेरिएको सन्दर्भमा,आजको समाज,राष्ट्र तथा मानवताका क्षेत्रमा देखिएका संभावना र चुनौतिहरुलाई सकरात्मक गन्तव्यतर्फ लैजान पहल गर्नुपर्ने दायित्व बाकी नै छ ।

आजको समाजका संभावना र चुनौतिलाई जनपक्षिय रुपमा ग्रहण गर्ने तथा प्रगती उन्मुख दिशाबोध गर्ने कार्यमा हाम्रो सदैव जोड हुनेछ ।

विकास/निर्माणका गतिविधी,स्रोत-साधनको प्रयोग र दुरुपयोगका सुचना तथा आवश्यक सबै खबरहरु,सार्वजनिक सरोकारका सबै उपलब्ध सुचनाहरु,सिर्जनशिल/आलोचनात्मक विचार तथा समय सापेक्ष ज्ञान सुचनाका साथ जनताको सेवामा निष्पक्ष रुपमा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गर्दछौं ।

सुचना,सञ्चार, जनजागरण तथा रुपान्तरणको यस अभियानमा सम्पुर्ण सरोकारवाला पक्षसँग सकारात्मक हातेमालो तथा आपसी सहयोगको अपेक्षा गर्दछौं ।

  • सम्पादक
Comments