•   १८ फाल्गुन २०७७, मंगलवार
  •   1:18:47 AM

कोरोना आएको बर्षदिन पुग्यो, हामीलाई यत्ति पनि थाहा छैन !

- पुष १८, २०७७ मा प्रकाशित


खबर संजाल १८ पुष।
सन् २०१९ को डिसेम्बर ३१ का दिन चीनले विश्व स्वास्थ्य संगठन (डब्ल्यु.एच.ओ.)लाई कोरोनाभाइरस बारे पहिलो पटक रिपोर्ट गरेको थियो । त्यसबेला उक्त समस्यालाई ‘निमोनियाको रहस्यमय नयाँ किसिम’ भनिएको थियो, तर त्यसको कुनै आधिकारिक नाम तय भएको थिएन ।
त्यसको एक हप्ताभित्रै, चिनियाँ वैज्ञानिकहरुले उक्त रहस्ययमय भाइरसको जिनोम सिक्वेन्सको पहिचान गरी भाइरस बन्ने जेनेटिक कोडलाई पत्ता लगाएका थिए । थप दुइ हप्तापछि अर्थात तीन हप्ताभित्रै पहिलो टेस्ट किट बनेको थियो र विश्व स्वास्थ्य संगठनलाई त्यो उपलब्ध गराइएको थियो । विश्व स्वास्थ्य संगठनलाई उक्त भाइरसको बारेमा जानकारी दिइएको ११ महिनाभित्रै, मानिसमा पहिलो पटक उक्त भ्याक्सिनको प्रयोग गरिएको थियो, जुन भनेको अहिलेसम्मकै सबैभन्दा द्रुततर रुपमा विकसित गरिएको भ्याक्सिन थियो ।
कोरोनाभाइरसका बारेमा जानकारी प्राप्त गरेको यो तीब्र गति यसअघि कहिल्यै घटित नभएको कुरा हो र वैज्ञानिकहरुका अनुसार, यसबारेमा अहिले हामीसँग पर्याप्त मात्रामा जानकारीहरु छन् ।

अझै हामीले थाहा पाउनुपर्ने कुराहरु अथाहा छन्,’ रोचेस्टर इन्स्टिच्यूट अफ टेक्नोलोजीमा बायोलोजीका एसोसिएट प्रोफेसर माउरिन फेरेन भन्छन्, ‘यो कुराले भाइरसविद र जनस्वास्थ्य अधिकारीहरुलाई दशकौंसम्म व्यस्त तुल्याइराख्नेछ ।’

कोभिड–१९ का रिपोर्ट गरिएका केसहरु र मृत्यु

अहिले एक वर्ष चलिरहँदा विश्वव्यापी रुपमा ८ करोड १० लाखभन्दा बढी मानिसहरुमा यो भाइरसले संक्रमण गरिसकेको र १७ लाखभन्दा बढी मासिनहरुको मृत्यु भइसकेको छ । अझै पनि हामीले कोभिड–१९ का बारेमा थुप्रै कुराहरु थाहा पाइसकेका छैनौं ।
हामीले थाहा पाइनसकेका त्यस्ता कुराहरु सामान्य खालका पनि छन् । जस्तै, यो भाइरस कसरी शुरु भयो ? त्यसैगरी थाहा पाइनसकेको जटील कुरा भनेको यो महामारी कसरी अन्त्य हुन्छ भन्ने पनि हो ।
‘कुनै पनि कुराको विस्तृत वास्तविकताको अर्थमा हामीले थुप्रै कुरा थाहा पाएका छौं तर अझै हामीले थाहा पाउनुपर्ने कुराहरु अथाहा छन्,’ रोचेस्टर इन्स्टिच्यूट अफ टेक्नोलोजीमा बायोलोजीका एसोसिएट प्रोफेसर माउरिन फेरेन भन्छन्, ‘यो कुराले भाइरसविद र जनस्वास्थ्य अधिकारीहरुलाई दशकौंसम्म व्यस्त तुल्याइराख्नेछ ।’

कोरोनाभाइरस कहाँबाट उत्पत्ति भयो ?

थुप्रै षड्यन्त्रका सिद्धान्तहरुका बीच केही कुराहरुमा वैज्ञानिकहरुका बीचमा मत मिल्छ । त्यो भनेको कोभिड– १९ कोरोनाभाइरसको कारण हुने गर्छ । यो त्यो किसिमको भाइरस हो जो सामान्य रुघाखोकीदेखि सार्सजस्तो खतरनाक रोगका लागि समेत जिम्मेवार छ । यो जनावरबाट उत्पत्ति भएको रोग हो ।
भाइरसका विरुद्ध भ्याक्सिन बनाउने दौडमा विश्वका थुप्रै सरकारहरु लागिपर्दा आम जनताको नजरमा देखापरेको थुप्रै आधारभूत प्रश्नहरुमध्येका एउट प्रश्न ः भाइरसको उत्पत्ति कहाँबाट भयो भन्ने पनि हो ।
अहिलेसम्म भाइरसको उत्पत्तिबारेको प्रश्न भ्रम र षड्यन्त्रका सिद्धान्तहरुका माझ रुमल्लिरहेको छ । शुरुवाती चरणमा भाइरस चीनको ऊहानको जिउँदो जनावरहरु समेत बेचिने माछामासुबजारबाट देखापरेको भन्ने कुरा आएको थियो, तर विश्व प्रसिद्ध मेडिकल जर्नल लान्सेटमा जनवरीमा प्रकाशित एक रिपोर्टका अनुसार त्यसबेला फेला परेका एक तिहाई विरामीहरुको प्रत्यक्ष सम्बन्ध उक्त बजारसँग थिएन ।

तर तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहित केही मानिसहरुले कतै उक्त भाइरस ऊहान ल्याबमा बनाइएको र अध्ययनको क्रममा त्यो बाहिर आएको त हैन भनेर प्रश्न उठाएका थिए । तर वैज्ञानिकहरुले उक्त भाइरस प्राकृतिक रुपमा नै उत्पत्ति भएको भन्ने बारेमा पर्याप्त प्रमाणहरु रहेको बताएका थिए । उनीहरुले यो त्यसरी ल्याबबाट उत्पत्ति भएको हो भन्नाको लागि अहिलेसम्म थाहा पाइएका र त्योसँग समानताराख्ने नजिकको कोरानाभाइर सहर पनि कोभिड– १९ भन्दा जेनेटिक रुपमा फरक रहेको हुनुपर्ने उल्लेख गरेका थिए ।
अध्ययनहरुले के पनि देखाएको थियो भने चीनमा पहिलो पटक देखापर्नुभन्दा अगावै यो भाइरस डिसेम्बर २०१९ मै अमेरिका र युरोपमा देखापरिसकेको र संक्रमण फैलाइरहेको हुन सक्ने पनि देखाएको थियो । यस आधारमा चीनका राज्य सञ्चालित मिडियाहरुले त यो भाइरस चीनभन्दा बाहिरै उत्पत्ति भएको हुन सक्ने कुरालाई जोड दिएर प्रचारप्रसार गरेका थिए ।
अस्ट्रेलियन नेशनल युनिभर्सिटीका माइक्रोबायोलोजीका प्रोफेसर पिटर कोलिगननले अमेरिका र युरोपका केही हिस्साहरु कोरोनाभाइरस संक्रमणको पहिचान हुनुअगावै ती क्षेत्रहरुमा भित्रभित्रै कोरोनाभाइरसको प्रवाह भइरहेको हुन सक्ने बताए तर त्यो चीनबाहिर नै उत्पत्ति भएको हो भन्ने कुरा देखाउन कुनै ठोस आधार चाहिँ थिएन । कोरोनाभाइरसको उत्पत्तिबारे अनुसन्धान गरिरहेका विश्व स्वास्थ्य संगठनले पनि चीनमा डिसेम्बरमा कोरोनाभाइरसको पहिचान हुनुभन्दा अगावै त्यहाँ उक्त भाइरस फैलिइरहेको हुन सक्ने कुरालाई अघि सार्यो ।
अझै पनि हामीलाई यो भाइरस सबैभन्दा पहिले कहाँ मानिसमा सर्यो भन्नेबारे ठोस रुपमा थाहा छैन । फेरि यो चमेराबाट मानिसमा सोझै सरेको नभई पेन्गोलिन वा सिभेट विरालो हुँदै मानिसमा पो सरेको हो कि भन्नेबारे पनि हामीलाई खासै थाहा छैन । यी प्रश्नहरुले सम्भव कहिल्यै पनि उत्तर पाउने छैन ।
तर यस्ता थुप्रै षड्यन्त्रका सिद्धान्तहरुका बीच केही कुराहरुमा वैज्ञानिकहरुका बीचमा मत मिल्छ । त्यो भनेको कोभिड– १९ कोरोनाभाइरसको कारण हुने गर्छ । यो त्यो किसिमको भाइरस हो जो सामान्य रुघाखोकीदेखि सार्सजस्तो खतरनाक रोगका लागि समेत जिम्मेवार छ । यो जनावरबाट उत्पत्ति भएको रोग हो । केही अध्ययनहरुले देखाएअनुसार, यो भाइरसको मुख्य स्रोत थरिथरिका कोरोनाभाइरसका वाहक चमेरा हो । अझै पनि थुप्रै वैज्ञानिकहरु यो भाइरस जनावरबाट मानिसमा सरेको चीनमा नै हो, जहाँ यो केसको सबैभन्दा पहिले पहिचान भएको थियो भन्ने ठान्दछन् ।

तर अझै पनि हामीलाई यो भाइरस सबैभन्दा पहिले कहाँ मानिसमा सर्यो भन्नेबारे ठोस रुपमा थाहा छैन । फेरि यो चमेराबाट मानिसमा सोझै सरेको नभई पेन्गोलिन वा सिभेट विरालो हुँदै मानिसमा पो सरेको हो कि भन्नेबारे पनि हामीलाई खासै थाहा छैन । यी प्रश्नहरुले सम्भव कहिल्यै पनि उत्तर पाउने छैन, फेरान भन्छन्, इबोला थाहा पाइएको ४० वर्ष वितिसक्दा पनि अहिलेसम्म यो कुन जनावरबाट मानिसमा सर्यो भनेर वैज्ञानिकहरु किटेर भन्न सकेका छैनन् ।
कसैलाई सताउने कसैलाई नसताउने किन हुन्छ?
जब कोभिड– १९ को पहिलो पटक पहिचान गरियो, यसलाई श्वासप्रश्वाससम्बन्धी रोग ठानिएको थियो । तर केही महिना नबित्दै रोगका थुप्रै किसिमका लक्षण र जटिलताहरु देखापर्न थालिसकेका थिए । थुप्रै मानिसहरुले स्वाद थाहा पाउने क्षमता गुमाए । केही मानिसहरुमा वान्ता र पखाला देखापर्यो, कसैकसैको औला र कुर्कुचाको रंग उडेर गयो । केहीमा विसञ्चो हुने वा मस्तिष्क नै क्षतिग्रस्त हुने जसता समस्या पनि देखापरे ।
हामीले अहिले थाहा पाएका छौं, कोभिड–१९ को संक्रमण निको भइसकेपछि पनि केही मानिसहरुले त्यसको असर लामो समयसम्म भोग्नु परिरहेको छ । ती असरहरुमा वेचैनी, मस्तिष्क क्षतिग्रस्त हुने र थकान लागिरहने लगायतका छन् । व्रिटिश मेडिकल जर्नलमा गत अगस्तमा प्रकाशित एक अध्ययन रिपोर्टमा करिब १० प्रतिशत जति विरामीहरुमा कोरोनाको दीर्घकालीन असर १२ हप्तासम्म पनि देखापरिरहेको पाइएको थियो ।
अझै पनि वैज्ञानिकहरुलाई कोभिड– १९ को त्यस किसिमको असर कति लामो समयसम्म कायम रहिरहन्छ भन्ने कुरा थाहा छैन र तिनीहरु ठोस रुपमा यो पनि भन्न सक्ने अवस्थामा छैन कि कोरोनाका कारण किन अरुको तुलनामा केही मानिसहरु चाहिँ अलि बढी नै पीडित हुने गर्छन् ।
कोरोनाभाइरसले फरक फरक मानिसहरुलाई कसरी असर गर्छ भन्ने कुरा कुनै सुनिश्चित छैन । कोरोनासंक्रमित मध्ये कोही मानिसहरु उमेर र अन्य विविध पक्षहरुका कारण जटील रुपमा विरामी पर्ने उच्च जोखिममा हुने गर्छन् ।
द जर्नल एनाल्स अफ इन्टर्नल मेडिसिनमा नोभेम्बरमा प्रकाशित एक चिठ्ठीमा ६० वर्षका कोराना संक्रमित जुम्ल्याहा भाइहरुका बारेमा जानकारी दिइएको थियो । उनीहरु एकै समयमा कोरोना संक्रमित त भएका थिए तर त्यसका नतिजा नितान्त भिन्न थिए । ती दुई भाइमध्ये एक भाइ बिना कुनै जटीलता रोगमुक्त भएर एक हप्तापछि अस्पतालबाट बिदा पाएका थिए भने अर्को भाइलाई चाहिँ इन्टेन्सिभ केयर युनिटमा भेन्टिलेटरमा नै राख्नुपरेको थियो ।
यो केसले महिनौंदेखि अनुसन्धानकर्ताहरुले अनुसन्धान गरिरहेका विषयमा केही प्रकाश पारेको थियो, यसले देखाएको थियो कि कोरोनाभाइरसले फरक फरक मानिसहरुलाई कसरी असर गर्छ भन्ने कुरा कुनै सुनिश्चित छैन । कोरोनासंक्रमित मध्ये कोही मानिसहरु उमेर र अन्य विविध पक्षहरुका कारण जटील रुपमा विरामी पर्ने उच्च जोखिममा हुने गर्छन् ।
‘हामी सबैसँग केही फरक जेनेटिक्स हुने गर्छन्,’ कोलिगनन भन्छन्, ‘कहिलेकाहीँ हामी कारणहरु पूर्ण रुपमा बुझन् सक्दैनौं, केही मानिसहरुले अरु मानिसको तुलनामा यो संक्रमणलाई पूर्ण रुपमा विजय प्राप्त गर्न सक्छन् ।’
फेरि भौगोलितकताका आधारमा पनि यो कुरा सत्य हो । महिनौंदेखि वैज्ञानिकहरुले बृद्धअवस्थाका तथा पुरुषहरुमा संक्रमण हुने जोखिम बढी रहने गरेको प्रवृत्ति देखिइरहेका थिए । वैज्ञानिकहरुले बच्चाहरुलाई कोरानाभाइरस संक्रमणको जोखिम कम हुनुको कारण हाम्रो शरीरको कोषमा कोरोनाभाइरस प्रवेश गर्ने माध्यम एसीइ२ रिसेप्टरहरु उनीहरुको नाकमा कम हुनु हो भन्ने कुरा पनि थाहा पाइसकेका छन् । तर उनीहरु वास्तविक रुपमा यो पनि भन्न सक्दैनन् कि किन बृद्धावस्थाका कोरोना संक्रमितहरुको मृत्यु चाहिँ सामान्य फ्लूका कारण हुने मृत्युभन्दा अति उच्च छ ?
‘उमेरमा त्यस्तो के कुरा छ जसले तपाईंलाई यो रोग लाग्न सक्ने जोखिम समूहमा पुर्याउँछ ?’ कोलिगनन प्रश्न गर्छन्, ‘यो कुरा सत्य हो भन्ने तथ्यांकहरु हामीसँग छ, तर मलाई यो लाग्दैन कि यसबारे सबै उत्तरहरु हामीसँग छ । ’ एजेन्सीको सहयोगमा ।

Comments