
खवर संजाल को ‘ओपनिङ कार्यक्रम’ सम्पन्न !
- पुष १७, २०७७ मा प्रकाशित

खवर संजाल, १७ पुष, दिक्तेल । साकार मिडिया एण्ड टेक्नोलोजी प्रालिले सञ्चालन गरेको अनलाइन पत्रीका ‘खवर संजाल’ काे ओपनिङ कार्यक्रम सम्पन्न भएको छ । खोटाङ जिल्लामा रहेर संसारभरका जानकारी/समाचारहरु प्रकाशन गर्ने उद्देश्यले शुरू भएको ‘ खबर सञ्जाल’ अनलाइन पत्रिकालाई दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले मैनबत्ती बालेर शुरू भएको घोषणा गरेका हुन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका रिजालले खबर संजालले गुम्दै गएको मिडियाप्रति को विश्वास फिर्ता ल्याउने विश्वास व्यक्त गरे । उनले थपे “मैले यो टिममा ऊर्जा देखेको छु, यसलाई जोगाउन आफ्नो ठाउँबाट सहयोग गर्न म तयार छु ।” दिक्तेलको होटल शुभदिनमा भएको कार्यक्रममा जिल्ला स्थित कार्यालय प्रमुखहरू, जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधिहरू, पत्रकार र विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
- नेपालले एमाले फुटाउने कसम खाएपछि विष्णु रिजालले छोडे साथ
- आगलागीबाट खोटाङमा एक घर विस्थापित
- सरकार परिवर्तनको बारेमा टुंगो लाउँदै माओवादी
- सुदुरपस्चिमका दार्चुला बाहेकका जिल्लामा नेपाल पक्षको समानान्तर कमिटी
- पद्धती नमान्ने तिन सचिवलाई अनेरास्ववियुको कारबाही
- कोभिडविरुद्धको चिनियाँ खोप २५ चैतदेखि लगाउने सरकारको निर्णय
Comments