•   ३ माघ २०७७, शनिबार
  •   10:37:39 AM

अमेरिकालाई उछिनेर सन् २०२८ सम्ममा चीन विश्वको सबैभन्दा ठूलो आर्थिक शक्ति बन्ने

- पुष १२, २०७७ मा प्रकाशित


खबर सञ्जाल १२ पुष

चीन सन् २०२८ सम्ममा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने एक अध्ययनले देखाएको छ।

यसअिघ गरिएको आँकलन भन्दा पहिले नै चीनले अमेरिकालाई उछिनेर विश्वको शक्तिशाली अर्थतन्त्र बन्ने देखिएको हो ।

बेलायतको सेन्टर फर इकोनोमिक्स एण्ड बिजनेश रिसर्च ९सिइबिआर० ले सार्वजनिक गरेको प्रतिवेदनमा चीनले कोरोना भाइरस महामारीको सीपपूर्ण रुपमा गरेको व्यवस्थापनले उ आर्थिक रुपमा परेको प्रभावबाट अमेरिका र युरोपका देशहरु भन्दा राम्रोसँग माथि उठेको उल्लेख छ ।

प्रतिवेदन अनुसार भारत सन् २०३० सम्ममा विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने छ ।

सिइबिआरले हरेक वर्ष डिसेम्बर २६ मा वार्षिक इकोनोमिक लिग टेबल सार्वजनिक गर्छ ।

कोरोना भाइरसको महामारीका कारण विश्वभरको अर्थतन्त्र प्रभावित भएको छ ।

सबैभन्दा पहिले महामारीबाट प्रभावित भएको चीनले व्यवस्थापन राम्रोसँग गर्न सफल भएको र त्यसबाट परेको आर्थिक प्रभावबाट पनि माथि उठेको उल्लेख छ ।

चीनले सीपपूर्ण व्यवस्थापनबाट आर्थिक तरलताको अवस्था आउनबाट बचेको प्रतिवेदनमा उल्लेख छ । २०२० मा चीनले दुई प्रतिशतको आर्थिक वृद्धि हाँसिल गर्न सक्ने समेत उल्लेख छ ।

Comments