•   ३ माघ २०७७, शनिबार
  •   10:58:38 AM

एसी मिलान ‘सिरी ए’ को शीर्ष स्थानमा कायमै

- पुष ९, २०७७ मा प्रकाशित


खबर सञ्जाल ९ पुष

मिलान — एसी मिलानले इन्ज्युरी समयमा थियो हर्नान्डेजले गरेको निर्णायक गोलमा बुधबार इटालीको ुसिरी एु मा लाजियोलाई ३–२ ले हराएको छ । जितसँगै मिलान अंक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ ।

मिलानले दुई गोलको अग्रता लिएयता भ्रमणकारी लाजियोले दुई गोल फर्काएको हो । यो जितपछि मिलानको ३४ अंक भएको छ र यो शीर्ष स्थानमा छिमेकी तथा दोस्रो स्थानमा रहेको इन्टर मिलानमाथि एक अंकको अग्रता हो ।

इन्टरले बुधबारको अर्को खेलमा हेलास भेरोनालाई २–१ ले हरायो । एएस रोमा २७ अंकसहित तेस्रो स्थानमा छ र उसले कागलिरीलाई ३–२ ले पराजित गर्‍यो ।

Comments