•   ३ माघ २०७७, शनिबार
  •   11:19:20 AM

इङ्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको पहिलो एकदिवसीय स्थगित

- मंसिर १९, २०७७ मा प्रकाशित


खबर सञ्जाल १९ मङ्सिर इङ्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको पहिलो एकदिवसीय क्रिकेट स्थगित भएको छ ।

दक्षिण अफ्रिकाका खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सिरिज स्थगित भएको हो ।
दुई टोलीबीचको पहिलो एकदिवसीय खेल आज साँझ ६ः१५ का लागि तय भएको थियो । तर, खेलाडीमा कोरोना संक्रमण भएपछि खेल तत्तकालका लागि स्थगित गरिएको क्रिकेट साउथ अफ्रिकाले बताएको छ ।

दुई टोलीबीचको टि–ट्वान्टी सिरिज भर्खरै सम्पन्न भएको थियो । जसमा पाहुना टोली इङ्ल्यान्डले सिरिज क्लिन स्विप गरेको थियो । साउथ अफ्रिकाले कोरोना लागेको खेलाडीको नाम सार्वजनिक गरेको छैन ।

Comments