
पानीजहाज कार्यालयले थाल्यो चार नदीमा जलमार्ग सम्भाव्यता अध्ययन
- मंसिर १९, २०७७ मा प्रकाशित

खबर संजाल, १९ मंसिर, काठमाण्डौँ ।
नेपाल पानी जहाज कार्यालयले चार ठूला नदीमा आन्तरिक जलमार्ग सम्भाव्यता अध्ययन थालेको छ। कार्यालयले कोसी, कर्णाली, कालीगण्डकी र नारायणी नदीको सम्भाव्यता अध्ययन थालेको हो।
कार्यालयका सूचना अधिकारी राजन प्रधानका अनुसार अहिले परामर्श छनोट गर्ने काम भइरहेको छ। आर्थिक वर्ष सुरु हुनेबित्तिकै सम्बन्धित निकायसँग प्रस्ताव गरिने उनले जानकारी दिए।
उनले भने, ‘नदीमा आन्तरिक जलमार्गलाई प्रोत्साहन गरेर सञ्चालन गराउने उद्देश्यले काम भइरहेको छ।’ कसरी पानी जहाज चलाउने भन्ने सुरक्षाका प्रावधानबारे पनि आन्तरिक गृहकार्य थालिएको उनले जानकारी दिए।
‘धेरैले पानी जहाजको टिप्पणी गर्दै खिल्ली उडाए, ’उनले भने, ‘खुला नदीमा जहाज चलाउन त्यति सजिलो छैन। प्रावधानहरु केके छन् त्यो नि अध्ययन गर्नुपर्छ। सबै भन्दा सुरक्षाका उपायलाई हेर्नुपर्छ। त्यसैमा अहिले काम भइरहेको छ।’
नेपालमा पहिलो पटक २०७५ फागुनमा पानीजहाज कार्यालय स्थापना भएको थियो। (थाहाखबरबाट)

सम्बन्धित खवर
- प्याजको बोक्रा फाल्नु हुन्छ ? यस्ताे गल्ती नगर्नुस्
- यस्ता छन् बेसार सेवन गर्दा जान्नैपर्ने पाँच मुख्य कुरा
- जनप्रतिनिधि धम्क्याउँदै दाहाल–नेपाल समूहका नेता
- एसी मिलान ‘सिरी ए’ को शीर्ष स्थानमा कायमै
- पानीजहाज कार्यालयले थाल्यो चार नदीमा जलमार्ग सम्भाव्यता अध्ययन
- कोभिड सम्बन्धी महासभामा ओलीको सम्बोधन : हामी सबै एउटै आगाको भुंग्रोमा छौँ
- पुग्नै पर्ने बराहपोखरी (फोटो फिचर)
- आज पृथ्वी नारायण शाहको जन्म दिन
- दंगालले नेतृत्वमा नेकपा खोटाङ, रिजाल दोश्रो बरियतामा
- अमेरिकाले चीनलाई रिस उठाउने खालको अर्को एउटा कडा कदम उठायो
- बाबुरामलाई मार्न प्रचण्डले खाल्डो खनेका थिए, हामीले बचायौँ ।– मन्त्री थापा
- जनप्रतिनिधि धम्क्याउँदै दाहाल–नेपाल समूहका नेता
Comments