•   ३ माघ २०७७, शनिबार
  •   11:15:20 AM

सांसद भट्टराई द्धारा हलेसीमा १५ शैयाको अस्पताल शिलान्यास (फोटो फिचर)

- मंसिर १५, २०७७ मा प्रकाशित


खबर सञ्जाल, १५ मंसिर, हलेसी ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा १५ शैय्याको आधारभूत अस्पतालको शिलान्यास भएको छ । खोटाङ जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् नेकपाका केन्द्रीय सदस्य विशाल भट्टराईले एक कार्यक्रम बिच उक्त अस्पतालको शिलान्यास गरेका हुन् ।
देशभर आज एकैदिन ३९६ वटा आधारभूत अस्पतालको शिलान्याश भएको छ । ती मध्ये केही ठाउँमा अर्थमन्त्री बिष्णु पौडेल स्वास्थ्यमन्त्री भानुभक्त ढकालले र बाँकी ठाउँमा सोही ठाउँबाट निर्वाचित जनप्रतिनिधिहरुले शिलान्यास गरेका छन् । (यो सम्बन्धी समाचार पढ्न यहाँ क्लिक गर्नुहोस् )
यी मध्ये हलेसी तुवाचुङ नगरपालिकाको हलेसी बजारमा भएको कार्यक्रमका तस्विरहरु हामीले स्थानिय सर्बधन बस्नेतको फेसबुक वालबाट साभार गरेका छौँ ।

Comments