
एलन मस्क कसरी बने विश्वकै दोश्रो धनी व्यक्ति ?
- मंसिर १५, २०७७ मा प्रकाशित

गत हप्ता प्रविधि जगतमा सबैभन्दा चर्चाको विषय बन्यो टेस्ला कम्पनी र यसका मालिक एलन मस्क ।
एलन मस्कको टेस्ला कम्पनीको शेयर मूल्यमा यतिधेरै उछाल आयो कि कम्पनीको बजार मूल्य ५ खर्ब ५५ अर्ब डलर नाघ्यो । त्योसँगै टेस्ला कम्पनी अमेरिकाको छैटौँ ठूलो कम्पनी समेत बन्न सफल भयो ।
टेस्ला कम्पनीको भाउमा बढोत्तरी भएसँगै यसका सीईओ एलन मस्कको सम्पत्तिमा समेत उल्लेख्य बढोत्तरी भयो । त्योसँगै उनी विश्वका सर्वाधिक धनी व्यक्तिको दोश्रो स्थानमा उक्लिन सफल भए।
माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्सलाई पछि पार्दै मस्क विश्वका दोश्रो सर्वाधिक धनी व्यक्ति बनेका हुन् ।
विद्युतीय कार बनाउने टेस्ला कम्पनीका लगानीकर्ताहरुले आखिर यो वर्ष कम्पनीमा के देखिरहेका छन् ? जुन यसअघि भेउ पाउन सकेका थिएनन् ? जसका कारण यसको शेयर मूल्य लगातार उकालो चढिरहेको छ ।
सन् २०२० को सुरुवातमा टेस्ला कम्पनीको बजार मूल्य जम्मा ८० अर्ब डलर थियो । त्यतिबेलासमेत टेस्ला कम्पनीको बजार मूल्य आवश्यकता भन्दा बढी भएको र खासै लाभदायी नभएको व्यवसायको मूल्य खासै धेरै हुन नसक्ने बताइएको थियो ।
तर टेस्लाप्रतिको त्यस्तो नकारात्मक धारणालाई लगानीकर्ताहरुले खारेज गरिदिए । वर्षभर नै यो कम्पनीको शेयर मूल्य बढिरहेको छ र अहिले टेस्ला कम्पनीको बजार मूल्य ससाढे ५ खर्ब डलर नाघिसकेको छ ।
टेस्ला कम्पनीको मूल्य अब टोयोटा, फक्सवागन, हुण्डाई, जिएम तथा फोर्डको कूल मूल्यभन्दा पनि अधिक भैसकेको छ ।
टेक टेन्सका अनुसार ती कम्पनीरुले अघिल्लो वर्ष कूल ५० अर्ब डलर मुनाफा कमाएका छन् । तीमध्ये कतिपयले चाहिँ कोरोना महामारीका कारण अहिले आर्थिक मार झेलिरहेका छन् ।
उता टेस्ला भने यो वर्ष १ अर्ब डलर मुनाफाको बाटोमा छ । कम्पनीको उक्त मूल्यांकनलाई हेर्दा निकट भविष्यमा लगानीकर्ताहरुलाई ५० मुनाफा हुने सम्भावना बढेको हो त ?
टेस्लाका प्रसंसकका अनुसार कम्पनीले अटो उद्योगलाई एक नयाँ दिशा दिएको छ । तर सन् २०२० को सुरुआतमा जब टेस्ला केवल ८० अर्ब डलरको कम्पनी थियो त्यतिबेला समेत यो भनाइ सत्य नै थियो । कतिपय विश्लेषकहरु चाहिँ लगानीकर्ताहहरु टेस्ला कम्पनीको शेयर खरीदमा जुवा खेलिरहेको समेत बताउँछन् ।
टेस्लाको महत्व
जसरी बर्गन्डीको १९४५ को बोतल तथा पिकासोको पेन्टिङ को मान्यता थियो । जसरी लण्डन वा सनफ्रान्सिस्कोमा सानो फ्लाट हुने कुरा शौखिन तथा धनाढ्य मानिसहरुको लागि शानको प्रतिकको रुपमा रहेको छ त्यसैगरी टेस्लाको मूल्यांकन पनि अहिले उस्तै बनेको छ । टेस्लाका कारहरुको मूल्य जति धेरै नै किन नहोस् खरीदकर्ताहरु मूल्य भन्दा पनि प्रडक्टको रुपमा त्यसलाई खरीद गर्ने गरेका छन् ।
अनौठो त के भने गत मे १ तारेखमा कम्पनीका सिइओ एलन मस्क स्वयंले टेस्ला कम्पनीको शेयर मूल्य अधिक भैसकेको भनेर ट्वीट गरेका थिए । आफ्ना कम्पनीको शेयर मूल्य आवश्यकता भन्दा धेरै भएको भन्ने उनको ट्वीटका कारण कम्पनीको मूल्य १४ अर्ब डलरले घटेको थियो ।
तथापि त्यसयता टेस्लाको मूल्य चार गुणाले बढिसकेको छ । तर पनि भविष्यमा के होला ? भनेर अड्कल काट्न गाह्रो छ ।
बीबीसी

सम्बन्धित खवर
- प्याजको बोक्रा फाल्नु हुन्छ ? यस्ताे गल्ती नगर्नुस्
- यस्ता छन् बेसार सेवन गर्दा जान्नैपर्ने पाँच मुख्य कुरा
- जनप्रतिनिधि धम्क्याउँदै दाहाल–नेपाल समूहका नेता
- एसी मिलान ‘सिरी ए’ को शीर्ष स्थानमा कायमै
- पानीजहाज कार्यालयले थाल्यो चार नदीमा जलमार्ग सम्भाव्यता अध्ययन
- कोभिड सम्बन्धी महासभामा ओलीको सम्बोधन : हामी सबै एउटै आगाको भुंग्रोमा छौँ
- पुग्नै पर्ने बराहपोखरी (फोटो फिचर)
- आज पृथ्वी नारायण शाहको जन्म दिन
- दंगालले नेतृत्वमा नेकपा खोटाङ, रिजाल दोश्रो बरियतामा
- अमेरिकाले चीनलाई रिस उठाउने खालको अर्को एउटा कडा कदम उठायो
- बाबुरामलाई मार्न प्रचण्डले खाल्डो खनेका थिए, हामीले बचायौँ ।– मन्त्री थापा
- जनप्रतिनिधि धम्क्याउँदै दाहाल–नेपाल समूहका नेता
Comments