•   ३ माघ २०७७, शनिबार
  •   10:46:03 AM

१ नं. प्रदेश प्रमुखलाई कोरोना संक्रमण पुष्टी

- मंसिर १३, २०७७ मा प्रकाशित


खबर सञ्जाल, १३ मंसिर, बिराटनगर ।
१ नं. प्रदेशका प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना सङ्क्रमण पुष्टी भएको छ । अधिकारीलाई शुक्रबार राति सङ्क्रमण देखिएको उनको प्रेस सल्लाहकार खेमराज अधिकारीले जानकारी दिए ।

सामान्य लक्षण देखिएपछि उनलाई शुक्रबार बिहान प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा स्वाब दिइएको थियो । उनी सँगै उनकी श्रीमती र सशस्त्र प्रहरीका एक सुरक्षाकर्मीलाई पनि सङ्क्रमण देखिएको प्रेस सल्लाहकार अधिकारीले बताए ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु विराटनगरस्थित निवासमा होम आइसोलेसनमा बसेका छन् ।

Comments