•   २० चैत्र २०७६, बिहीबार
  •   8:34:43 PM

‘सुरविर’ले गरे दुधकोशि दिप्लिघाट पुलको शिलान्यास ! समयमै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता !

- पुष १३, २०७६ मा प्रकाशित


खबर संजाल २०७६-पौष १२,काठमान्डौ

सोलुखुम्बुको कर्णालीको रुपमा चिनिने महाकुलुङ र सोताङ गाउपालिका जोड्ने दिप्लिघाटमा बन्न लागेको असाध्यै महत्वपुर्ण दुधकोशि पुलको शिलान्यास सोलुखुम्बुबाट संघिय सांसद हेमकुमार राई(सुरविर) द्वारा एक कार्यक्रमका बिच दिप्लिघाटमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै सांसद हेमकुमार राई(सुरविर)ले जनताको दैनिकिलाई र सुदुर भविष्यसम्म योगदान गर्ने महत्वपुर्ण संरचना भएकोले ढिलाई नगरि समयमै सम्पन्न गर्न तथा सबै सरोकारवालाले रचनात्मक सहयोग गर्न आग्रह गर्नुभयो । सोलुखुम्बुमा थप अन्य सडक पुलहरुको काम समेत अब धमाधम शुरु गरिने उहाले प्रष्ट पार्नु भयो । प्रतिनिधिसभा निर्वाचनको क्रममा जनताको ठुलो माग रहेको,सांसद राईले जसरी पनि निर्माण सम्पन्न गरेरै छोड्ने प्रतिबद्दता जनाउनुभएको उक्त परियोजनाको बोलपत्र आह्वान भएर ठेक्का सम्झौता सम्पन्न भइसक्दा समेत निर्माण कार्य शुरु हुन नसकेको थियो । निरन्तरको दावव र खबरदारी तथा समयमै निर्माण शुरु र समापन नगरेमा ठेकेदार कम्पनिले कडा कानुनि कारवाहि भोग्नुपर्ने चेतावनि पश्चात निर्माण व्यवसायी संघका अध्यक्ष रवि सिंह रहेको उक्त निर्माण कम्पनि काम शुरु गर्न बाध्य भएको थियो ।निर्माण कम्पनि महादेव खिम्तिले अब तत्कालै निर्माण काम शुरु गर्ने भएको छ । थुलुङ दुधकोशि गाउपालिका र सोताङ गाउपालीकाद्वारा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य उत्तम बस्नेत,नेकपा सोलुखुम्बु अध्यक्ष मानविर राई,नेकपा जिल्ला सचिव कर्ज्याङ शेर्पा,जिल्ला समन्वय प्रमुख बिर बहादुर राई,नेचासल्यान गाउपालीका अध्यक्ष डुफकुमार बास्तोला लगायत सोलुखुम्बुका अगुवा नेताहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता थुलुङ दुधकोशि गाउपालिका अध्यक्ष असिम राईले गर्नुभएको थियो ।

यातायात संजालमा जोडिए पश्चात साविकका पावै,सोताङ,बुङ,छेस्काम,गुदेल गाबिस/हालका सोताङ र महाकुलुङ गाउपालिकाका नागरिकहरुको जिवनशैली सहज बन्न सहयोग पुग्ने,राजधानी लगायत बाकि भुभागसंग सिधा पहुच हुने,क्रिषि तथा पर्यटनमा थप टेवा पुग्ने बताइएको छ ।

Comments