•   ९ फाल्गुन २०७६, शुक्रबार
  •   12:25:56 AM

सीमा बचाऔं अभियान,नेपालले सार्वजनिक गर्‍याे नेपालकाे राजनीतिक नक्सा

- मंसिर ८, २०७६ मा प्रकाशित


खबरसञ्जाल ०८ मंसिर काठमाण्डौ ।

रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी सीमा बचाऔं अभियान,नेपालको नक्सा समितिले नेपालको राजनीतिक नक्सा सार्वजनिक गरेको हो । 

नक्सा सार्वजनिक गर्दै अभियानका विज्ञ प्रा. डा. नरेन्द्रराज खनालले डिजिटल एलिभेसन मोडेलबाट नक्साको रेखांकन बताउनु भयो । नक्सा बनाउँदा काली नदीको मुहानबारे प्रस्ट पारिएको उहाँले जानकारी दिनुभयो । 

This image has an empty alt attribute; its file name is 78496426_1885703981573434_1255463273273229312_n.jpg

सीमा बचाऔं अभियानको नक्सा समितिका विज्ञ कोमलचन्द्र बरालले कार्यक्रममा बोल्दै लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जनाउनु भयो ।

अभियानले सार्वजनिक गरेको नक्सा डिजिटल एलिभेसन मोडेलबाट रेखांकन गरेको बताएको छ । नक्सामा काली नदीको मुहानबारे र लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर तयार पारिएकाले यसलाई अन्तराष्ट्रियकरण गरिने बताइएको छ ।

कार्यक्रममा नागरिक अगुवा तथा सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्साबारे घर घरमा चर्चा हुनुपर्ने बताए । अभियन्ता रिसालले सार्वजनिक गरिएको नक्सा सुगौली सन्धि अनुसारको भएको बताए ।

Comments