•   २० असार २०७७, शनिबार
  •   5:43:48 AM

उपाध्यक्ष पोखरेलद्वारा विद्यायललाई ल्यापटप हस्तान्तरण

- कार्तिक १०, २०७६ मा प्रकाशित


खबर सञ्जाल, १० कार्तिक, खोटाङ ।
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका केन्द्रीय उपाध्यक्ष भोलानाथ पोखरेलले खोटाङको एक विद्यालयलाई ल्यापटप हस्तान्तरण गरेका छन् । पोखरेलले दीपावलीको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १५ मा कार्तिक ९ गते एक कार्यक्रम आयोजना गरी आफ्नो जन्मस्थलमा रहेको श्री चम्पावती मा.वि. लाई आठ थान ल्यापटप हस्तान्तरण गरेका हुन ।


विद्यालयका प्रधानाध्यापक गोविन्द पोखरेलललाई ल्यापटप हस्तान्तरण गर्दै पोखरेलले आजको युग विज्ञान र प्रविधिको युग भएकोले शिक्षालाई पनि युग सापेक्ष बनाई गुणस्तरिय र व्यवहारिक बनाउनुपर्ने मत राख्दै गाउँका विद्यालयलाई पनि प्रविधिमैत्री बनाई विद्यार्थीहरुलाई प्राविधिक ज्ञानको सहज पहुँचका लागि आफूले विद्यालयलाई ल्यापटप हस्तान्तरण गरेको बताए ।
समाजसेवी एवं बुद्धिजिवीको छवि बनाएका पोखरेलले गाउँँको विकासको लागि महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।
नगरप्रमुख दिपनारायण रिजालको समेत उपस्थिती रहेको उक्त कार्यक्रममा पोखरेलले विद्यालयका विद्यार्थीहरुलाई निकट भविष्यमा झोला वितरण गर्ने समेत उद्घोष गरेका छन् ।

Comments