•   १२ आश्विन २०७७, सोमबार
  •   2:08:38 PM

त्रि.वि. को स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा फारम भर्ने म्याद थप

- आश्विन २९, २०७६ मा प्रकाशित


त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह दोस्रो वर्षको राजनीतिशास्त्र र जनप्रशासन विषयको प्राइभेट परीक्षाको परीक्षा फारम भर्ने मिति ७ दिन थप गरेको छ ।

कात्तिक १ गतेसम्म फारम भर्ने मिति तोकिएकामा एक हप्ता थप गरेर कात्तिक ८ गते सम्म पुर्‍याएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

दशैं विदा पछि कार्यालय खुल्दा फारम भर्नेको अत्यधिक भीड भएकाले समय थप गरिएको उनले बताए । दोब्बर दस्तुर तिरेर फारम भर्ने मिति भने कात्तिक १९ गते सम्म बढाइएको छ ।

Comments