•   १२ आश्विन २०७७, सोमबार
  •   2:12:03 PM

ज्ञानेन्द्र शाहि समर्थकले गरेको तस्विर दुरुपयोग प्रती पुल्चोक सभापतिको आपत्ती

- भाद्र ३१, २०७६ मा प्रकाशित


भाद्र ३१ खबर सञ्जाल काठमाण्डाै ।

केही दिन अघि नेपालगञ्ज एअरपोर्टमा भएको घटनालाई लिएर ज्ञानेन्द्र शाहीले गरेको पत्रकार सम्मलेनमा भएको हुल–हुज्जतमा आफ्नो कुनै पनि संलग्नता नरहेको भन्दै पुल्चोक इन्जिनियरिङ क्याम्पसका स्ववियू सभापति रोशन मगरले आपत्ती जनाएका छन् । आफुलाई थाहा नै नभएको विषयलाई लिएर सामाजिक सञ्जालमा आफ्नो फोटो हालेर गालि गालौज भएको विषयलाई लिएर उनले उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको भन्दै सामाजिक संजालमा स्पष्टोक्ती दिएका छन् ।

उनले आफ्नो संलग्नता बिना नै सामाजिक संजालमा आफूलाई आरोप प्रत्यारोप गरि आफ्नो प्रतिष्ठामा आँच पु¥याएको भन्दै आफ्नो फोटो समाजिक संजालमा हाली गालि गलौज गर्ने सम्पूर्णलाई कारबाहीको लागि प्रक्रिया अघि बढाएको समेत जनाएको छन ।

उनले उक्त कार्यको भत्सना गर्दै आफ्नो आफ्नो फेसबुक वालमा लेखेका छन्–आदरणीय साथीहरु, भाद्र २९ गते पुल्चोक क्याम्पस अघि भएको  Gyanendra Shahi  को पत्रकार सम्मेलनमा मेरो कुनै पनि किसिमको संलग्नता नभएको जानकारी गराउन चाहन्छु, यद्यपि केही मानिसहरूले मेरो फेसबुकबाट जनार्दन शर्मा ूप्रभाकरू सँगै रहेको फोटो प्रयोग गरी पत्रकार सम्मेलनमा हुल हुज्जत गरिएको भनेर लाल्छना लाइएको छ । उक्त पोस्ट हरु हजारौँ पटक शेयर भइसकेका छन, यद्यपि विना आधार कसैको व्यगतिगत फोटो आरोप लगाई शेयर गर्ने मानसिकताको चेतनास्तर हेर्दा म अचम्मित छुइन । विना आधार(प्रमाण मेरो व्यक्तिगत फोटो दुरुप्रयोग गर्ने निज व्यक्ति लाई मैले कानुनी कारवाही अगाडि बढाइसकेको छु र म्यासेज मार्फत सौहार्दता प्रदान गर्नु हुने सम्पूर्ण लाई आभार व्यक्त गर्न चाहन्छु ।।

Comments