•   २० चैत्र २०७६, बिहीबार
  •   9:07:45 PM

नेपालको नदि सम्पत्ति कि विपत्ति ?– सराेज पाेखरेल

- भाद्र २०, २०७६ मा प्रकाशित


खबर सञ्जाल, भाद्र २० काठमाण्डौ ।

विश्वको कूल क्षेत्रफलमध्ये एकतिहाई जमिन र दुईतिहाइ पानिले ओगटेको छ । पानि मानव जिवनको अभिन्न प्राकृतिक स्राेत हो । हरेक सजीवका लागि पानी प्राणप्रिय हो भन्दा नि फरक नपर्ला । प्रकृतिको निशूल्क उपहार पानीका विभिन्न स्राेत मध्ये नदि पनि एक प्रमुख हो । प्राचिनकालमा विकास भएका मानविय सभ्यताको विकासक्रमको प्रमुख स्थल नै नदि, नदि किनार र आसपासका क्षेत्रहरु हुन् । मिश्रको सभ्यता, मेसोपोटामियाको सभ्यता,सिन्धुघाँटिको सभ्यता, ह्वाङ्गो नदिको सभ्यता आदि सवै सभ्यता नदि किनारामा मै विकसित भएका सभ्यता हुन् । त्यसकारण नदि मानव विकास क्रमसँगै वर्तमान आधुनिक सभ्यतामा पनि महत्वपूर्ण रहेको छ । त्यसकारण नदि मानव जीवनको विकासक्रमसँगै अत्यावश्यक रहँदै आएको छ ।


हाम्रो देश बहुभाषिक, बहुसांस्कृतिक र बहुभाषिक मूलुक हो । यहाँ विभिन्न किसिमका धर्म मान्ने मानिसहरुको वसोवास छ । अधिकांश धर्महरुले प्रकृतिको पुजा गर्ने र प्रकृति माथि आस्था र सद्भाव राख्ने गर्दछन् । नदि, कुवा, खोला, रुख इत्यादिको पुजा गर्दै प्राकृतिक प्रकोप नहोस् भन्ने कामना गर्ने गरिन्थ्यो तर आज कम हुँदै गएको छ । प्रकृतिको संरक्षण गर्नुको सट्टा प्रकृति माथि नै आजकल व्यत्ति तथा समुदायले नियन्त्रणको अनुचित प्रयास गरिरहेका छन् । देश तीन किसिमको भौगोलिक बनावट हिमाल, पहाड र तराई मिलेर वनेको छ । यि तिनै क्षेत्रमा कुनै न कुनै नदिको उद्गम स्थल र आश्रयस्थल रहेको छ । यहाँ ६००० भन्दा बढी नदिहरु रहेका छन् र यिनै नदिमा कुनै न कुनै समुदाय प्रत्यक्ष वा परोक्ष रुपमा निर्भर वा जोडिएका छन् । नदि कृषि उत्पादनको महत्वपूर्ण प्राकृतिक आधार हो । मौसमअनुसार नदिमा पानिको वहाव घटबढ हुनु स्वभाविक हो । नदिजन्य प्रकोप र समस्या हिमालमा भन्दा पहाडमा, पहाडमा भन्दा तराईमा विकराल वन्दै गईरहेको छ । सामान्यतया मनसुन भित्रिएर वर्षात भएपछि खोला,खोल्सा र नदिहरु सुसाउनु स्वभाविक हौ तर परिस्थिति यति जटिल वनेको छ कि वर्षात भयो तटिय क्षेत्रमा वासस्थान र धनजनको नाश हुन्छ कि भन्ने त्रास पैदा हुन्छ र अन्त्यमा त्रास यथार्थमा परिणत हुन पुग्छ । जल र जमिन मानव जीवनको आधारस्तम्भ हो तर हाम्रो प्रकृतिमाथिको अत्याचारको कारणले यहि जथल र जमिनले जीवनलिला नै समाप्त पारिदिने गरेको छ ।

हामि नेपालि वढि भन्दा वढि प्रत्यक्ष वा परोक्ष रुपमा कृषिमा आश्रित छौँ । हाम्रो जीवनशैलि र जीवनयापन अधिकाशं समय जल र जमिनभन्दा वाहिर रहन सक्दैन । नदिले हिमालभन्दा पहाड र पहाडभन्दा तराईमा वढि सिञ्चित गरेको छ । तर वर्षेनि त्यहि नदि र त्यििह वर्षा धेरैलाई घरवारविहिन र भावविह्वल वनाउँछ । हाम्रो जस्तो आम्दानिको सो्रत कम भएको मूलुकका लागि त अर्वोँ रकम वाढिपिडित,पहिरोपिडित,डुवानपिडित लगायत का विभिन्न पिडितका लागि राहत वाँड्दै सकिने गरेको छ । वर्षेनि यहि क्रम निरन्तर चलिरहेको छ र चलिरहने छ । नदिले विपत निम्त्याएको समयमा यसलाई रोकथाम र क्षति न्युनिकरण गरिन्छ भन्दै सरकार र सम्वन्धित निकायहरु आश्वासन दिन पछि पर्दैनन् तर उनिहरुको आश्वासन “ झ्याउँकिरि कराएजस्त भईसक्यो, एकसिजन कराउँछ, हराउँछ अनि फेरि सिजन आएपछि कराउन थाल्दछ” । हाम्रो राजनितिक नेतृत्व पनि नदिका सदुपयोग गरि आम्दानिको रुपमा प्रयोग गर्ने भन्दा दुरुपयोग गरि दुर्घटना निम्त्याई पिडित र राहतमाथि घृणित राजनिति गर्न उद्यत छन् ।


हिमाल र पहाडमा विना मापदण्ड जथाभावि खनिन सडकले केहि व्यत्तिको वाञ्छित स्वार्थ पुरा गरेतापनि पर्यावरणिय सन्तुलनमा भने जटिलता निम्त्याएको छ । वर्तमान समयमा स्थानिय तहको काम भनेको विना मापदण्ड डोजर लगाएर जमिन कोट्याई अव्यवस्थित सडक निर्माण गर्नु मात्रै रहेको छ । तर यसले गर्ने वातावरणिय असरवारे उनिहरुलाई मतलव नै छैन । यसरि हिमाल र पहाडमा हुँदै आएको अवैज्ञानिक जमिन कटानका कारणले तटिय क्षेत्रमा प्रत्येक वर्षायाममा नदिले वितण्डा मच्चाउने गरेको छ र जीवन नै कठिन वनाउँदै छ । प्राय सहरि क्षेत्र र सहर भनिने क्षेत्रमा नदिले वर्षायाममा प्रकोप निम्त्याउँछ । नदिले आफ्नो सीमाना आफैँ निर्धारण गरेको हुन्छ । तर त्यहि सीमाना लाई हामि सामान्य सम्झेर ११ महिना राज गर्छौँ र एक महिना पिडित हुन्छौँ । हामी खोलालाई कुलो को रुप दिन्छौँ, नदिले चर्चेको क्षेत्र अतिक्रमण गर्छौँ अनि वाढि वस्तिमाथि नवगेर कहाँवाट वगोस्..? हामी आफैँ नदि क्षेत्र अतिक्रमण गरि वस्ति विकास गर्छौँ, अनि वस्ति डुवान भयो राहत चाहियो भनेर लम्पसार पर्छौँ ? खोला वस्तिमा नपसि वस्तिनै खोलामा वसेको हुँदा किन राहत दिनुपर्यो ?सरकारि निकाय, राजनितिक नेतृत्व र सरकार पनि वर्षेनि वाढिपिडितलाइ राहतको नाममा पाल र चाउचाउ वाँडेर रवैया देखाउनुभन्दा यसको दिर्घकालिन समाधान र रोकथाम गर्नतिर लाग्दा नदिको यति धेरै वद्नाम हुँदैन थियो कि ?


हामी परापुर्वक कालदेखि प्रकृतिको पुजा गर्दै आएका हौँ । पूर्वजले प्रकृतिको संरक्षण वर्तमानमा सन्ततिले नाश गर्दै गयौँ र त्यसैको परिणाम भोग्दै छौँ । नदिलाइ नदिकै वाटोमा वहन दियौँ र नदिको वहन क्षेत्र अतिक्रमण नगरि वस्ति र पूर्वाधारको विकास गर्यौँ भने वाढिपिडित र डुवान समस्या धेरै मात्रामा न्युनिकरण हुन्छ । विकासका नाममा जथाभावि सडक वनाउँदा जमिन थर्कने र वर्षातमा त्यहि जमिन खसेर वाढि, पहिरो जस्ता प्रकोप निम्तिने गरेको छ । महाभारत पर्वतमा खनिएका पर्यावरण प्रतिकूल सडकले चुरे क्षेत्रमा खानेपानिको सङ्कट निम्तिने खतरा वढेको छ । चुरे क्षेत्रमा भएको वन र जमिन माथिको दोहनले वाढिको समस्या वढ्दै गएको छ । फलस्वरुप वर्षायाममा मुसलधारे वर्षा हुँदा जथाभावि कोतरिएका जमिन वग्दै खहरेमा परिणत हुन्छन् र भौतिक संरचना साथै मानव जिवन उथलपुथल पार्न पछि पार्दैनन् ।


हाम्रो देशमा यति अथाह रुपमा रहेको जलसम्पदा अर्थात नदिको अहिलेसम्म समुचित र भरपुग उपयोग हुन सकेको छैन । न त नदिको प्रयोग सम्वन्धि सरकारि निति नै छ । स्पष्ट सरकारि निति नहुँदा नदिको जथाभावि दुरुपयोग भई सङ्कट र समस्या निम्तिदै गएको छ । नदिको वहन क्षेत्र अतिक्रमण हुँदै गएको र छिमेकि ले आफ्नो स्वार्थ र सुरक्षाका लागि सीमानजिक वाँध वाँधेको र आवश्यक समयमा नखोलिने हुँदा वर्षेनि तराईका सीमावर्ति क्षेत्र डुवान हुने गरेको छ । हिन्दु धर्ममा नदिलाई पवित्र मानि पुजा गरिन्छ तर आजकल मानिसको अतिरञ्जित क्रियाकलापको कारणले नदि फोहोर र अस्तव्यस्त भई वद्नाम वन्न पुगेको छ । यो नदिले वगाायो, उ नदिले गााउँ डुवायो भनेर ! हामीले प्राकृतक सो्रत र साधनमाथि गरेको अनावश्यक दोहनले वर्षेनि प्राकृतिक प्रकोप वढ्दै गएको छ । सडक निर्माण गर्न, मर्मत तथा विस्तार गर्न रुख काट्ने सडक विभागको नयाँ रुख रोप्ने कुनै योजना वा कार्यक्रम नै हुँदैन । फलस्वरुप जमिन कमजोर हुने र बाढि पहिरोको रुप लिई धनजनको क्षति हुने गर्दछ । तराईको सहरि क्षेत्रमा नदि अतिक्रमण गरेर वसेका वस्तिले हरेक वर्खामा स।स्ति भोग्दै आएका छन् तर सम्वन्धित निकाय र राजनितिक दलहरु राहतको नाममा घृणित राजनिति गर्दै पिडितको भावनामाथि खेलवाड गरिरहेका छन् । समस्याको दिर्घकालिन समाधान गर्नुभन्दा राहत वाँडेको नाटक गर्दै सेल्फि चिेर रमाउने प्रचलन वढ्दै गएको छ । वर्षेनि राहतमा खर्चिने रकमले दिर्घकालिन समाधान निकालेमा पितिको घाउ पुनः बल्झदैन थियो कि ?स्थानिय तहका जनप्रतिनिधि जनप्रतिनिधि भन्दा पनि ठेक्कापट्टा प्रतिनिधिको रुपमा प्रस्तुत भएका छन् । उनिहरुको परोक्ष सहभागितामा र आसेपासेले नदिको स्वरुप नै विग्रने गरि निर्धारित मापदण्ड भन्दा वढि नदिजन्य पदार्थ उत्खनन गर्ने गरेका छन जसको कारण नदिको प्राकृतिक स्वरुप विग्रने र प्रकोप निम्तिने गरेको छ । यसरि नै नदि वद्नाम वन्दै विपत्ति वन्न पुगेको छ ।

हाम्रो मूख्य जलसम्पदा अर्थात नदिको समुचित उपयोग गर्न सकेमा नदि विपत्ति हैन सम्पत्ति भरपर्दो सो्रत वन्छ । कतिपय देशमा नदिलाई कानुनि हैसियत समेत प्रदान गरिएको छ । हाम्रोमा पनि नदि क्षेत्र मापन गरि त्यसवरावर बाढि नियन्त्रण गर्ने प्रकृतिका वोटविरुवा हुर्काउने गर्दा वाढि नियन्त्रण गर्न सकिन्छ । त्यसैगरि नदि आसपास मा भरसक वस्ति नवसाउने र वस्नैपर्ने भएमा जोखिम मूल्याङ्कन गरेर मात्र वसाउनु पर्दछ । नदिलाई वहुआयामिक आम्दानिको सो्रत वनाइनु पर्दछ । विकास निर्माण पर्यावरणमैत्रि गरौँ । पानिका सो्रत र मुहानको संरक्षण गरौँ । नदिको वहन क्षेत्र निर्धारण गरि आवश्यक परेमा वाँध वाधौँ । नदिमाथि गरिने राजनिति र अतिक्रमण वन्द गरौँ । नदिलाई सम्पत्ति कि विपत्ति को रुपमा प्रयोग लिने त्यो हाम्रै नदि प्रतिको व्यवहार र प्रयोग गर्ने तरिकाले पुष्टि गर्नेछ ।

Comments