•   १२ आश्विन २०७७, सोमबार
  •   2:09:44 PM

सोलु कांग्रेसले भन्यो सम्पर्क समिति बिधान सम्वत (विज्ञप्ति सहित)

- भाद्र १६, २०७६ मा प्रकाशित


खबर सञ्जाल, भदौ १६ काठमाण्डौं ।

नेपाली कांग्रेस सोलुखुम्बुका सभापति बिनोदकुमार बस्नेतले नेपाली कांग्रेस सोलुखुम्बु–काठमाडौं सम्पर्क समिति पार्टीको विधानमा उल्लेख गरिएको व्यबस्था अनुसार नै गठन गरिएको बताएका छन्।

समानान्तर सम्पर्क समिति गठन गरिएको भनेर गरिएको प्रचारप्रति आपत्ति जनाउँदै सभापति बस्नेतले आज एक विज्ञप्ति जारी गर्दै नेपाली कांगे्रसको विधान २०१७, नवौं संशोधन २०७५ को परिच्छेद ११ को ४१ (२) मा जिल्ला सम्पर्क समिति गठन सम्बन्धमा गरिएको व्यबस्था अनुसार नै सोलुखुम्बु–काठमाडौं सम्पर्क समिति गठन गरिएको स्पष्ट पारेका छन्। विधानमा सम्पर्क समिति सम्बन्धित जिल्लाको नेपाली कांग्रस जिल्ला कार्य समितिको सल्लाह, समन्वय र निर्देशनमा रही स्थापना गरिने छ भन्ने उल्लेख भएको र सोही व्यबस्था अनुसार गठन गरिएको उनले बिज्ञप्तिमार्फत जानकारी गराएका हुन्।

गत भदौ ७ गते काठमाण्डौ मा एक भेला आयोजना गर्दै सोलुखुम्बु काठमाण्डौ सम्पर्क समिति गठन भयको थियो । सो कार्यक्रम पस्चात सम्पर्क समिति बिधान सम्बत नभयको भन्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी लाई कारवाहिकाे माग गर्दै उजुरी गरेकाे समाचार प्रसारित भएकाे थियाे ।

विज्ञप्ति हेर्नुहोस

Comments