
आउनोस् Go लेखेर झिंगो उडाऔँ ।
- भाद्र ४, २०७६ मा प्रकाशित

रमाइलो प्रसंबाट शुरु गरौँ, बिहान फेसबुक चलाइराथेँ (सबैले चलाउछन् नि, यो के रमाइलो कुरा भयो र ? त्यैपनि पढ्नोस अब आउनसक्छ रमाइलो प्रसंग, हतार गरेर के हुन्छ र ? तपाई पनि यो पढ्ने समयमा अलिकती समय निकालेर मंगल ग्रहमा पानी पत्ता लगाउन त पक्कै जानुहुन्न होला ?) कसैको स्टाटस थियो : कमेन्टमा Go लेख्नोस्, झिंगो उडेर जानेछ । हजारौँ कमेन्टहरु (कमेन्ट्स) आएका थिए झिंगा उडाउन । एकपटक त लाग्यो फुर्सद होस् त यस्तो होस्, झिंगा उडाएर दिन कटाइराछन् मान्छेहरु, फेरी लाग्यो बिश्वास होस् त यस्तो होस् तस्वीरको झिंगा पनि Go चढाएपछि उड्ने विश्वास गरिरहेछन् मान्छेहरु । यो कुरा झट्ट हेर्दा सामान्यजस्तो लाग्छ तर यसले हाम्रो समग्र चेतनास्तरको प्रतिनिधित्व गरिरहेको छ । हामी आज पनि मनकामनाका भगवानले फेसबुक चलाउने र म्यासेज पठाउने कुरामा बिश्वास गरिरहेका छौँ ।
हाम्रो चेतनाको स्तर छर्लङ्ग देखिने ठाउँ भनेकै सामाजिक सञ्जाल हो । शुरुमा त मैले यसको शीर्षक पनि “यो खबर शेयर गरेको ५ मिनेटमा सुखद खबर मिल्नेछ” राखिदिउँ सोचेको थेँ । फेरी लाग्यो सबैले शेयर गर्लान् कसैले नपढ्लान् । त्यसो त पढ्नलाई यो पाथिभराको पुजारीले पठाएको सन्देश पनि त हैन ।
पछिल्लो केही समय यता युटुवको ट्रेण्डिङमा घरझगडाका बिषयहरु आउनेक्रम बढ्दो छ । यसबाट हाम्रो रुची के मा छ भन्ने कुरा प्रष्ट हुन्छ । त्यसो त अहिले घरघरमा यस्तै घर भित्रका कथा समेटेर बनाईएका हिन्दी सिरियलहरु हेर्न टिभीको रिमोट खोसाखोस चल्छ । हामी रेल आएन भन्छौँ, पानीजहाज आएन भन्छौँ, बुद्धि आएन किन भन्दैनौँ ? के चेतनाको विकास महत्वपूर्ण हैन या चेतनाको विकास बिना अन्य विकास सम्भव हुन्छ ? चेतनाको हिसाबमा हाम्रो समाज कता जादैछ ? तपाईलाई के लाग्छ ? कृपया कमेन्ट गर्नुहोला । हामी आफैबाट यस्तो बहस सृजना किन नगरौँ ?

सम्बन्धित खवर
- नेपालले एमाले फुटाउने कसम खाएपछि विष्णु रिजालले छोडे साथ
- आगलागीबाट खोटाङमा एक घर विस्थापित
- सरकार परिवर्तनको बारेमा टुंगो लाउँदै माओवादी
- सुदुरपस्चिमका दार्चुला बाहेकका जिल्लामा नेपाल पक्षको समानान्तर कमिटी
- पद्धती नमान्ने तिन सचिवलाई अनेरास्ववियुको कारबाही
- कोभिडविरुद्धको चिनियाँ खोप २५ चैतदेखि लगाउने सरकारको निर्णय
Comments