•   ९ फाल्गुन २०७६, शुक्रबार
  •   11:18:26 PM

वनप्लसले सेभेन टी प्रो ल्याउने

- श्रावण ३१, २०७६ मा प्रकाशित


खबर सञ्जाल, साउन ३१ काठमाण्डौं ।

फ्यान बेस कम्पनी वनप्लसले यसैवर्ष टी सिरिजको नयाँ स्मार्टफोन ल्याउने भएको छ । विश्व बजारमा वनप्लस सेभेन र सेभेन प्रोको बजार विस्तारमा तिब्रता दिइरहेको कम्पनीले ल्याउन लागेको स्मार्टफोन सेभेन टी प्रो हुनेछ । 
वनप्लसले हरेक वर्ष वनप्लसको र वनप्सल टी सिरिजमा गरि दुई नयाँ मोडेलका स्मार्टफोन सार्वजनिक गर्दै आएको छ । यो वर्ष एकै पटक वनप्लस सेभेन र सेभेन प्रो सार्वजनिक गरेको कम्पनीले वनप्लस सेभेन टी प्रोसहित तीन वटा मोडेल विश्व बजारमा ल्याउन थालेको हो ।

कम मूल्यमा फ्ल्यागशीप स्मार्टफोन बजारमा ल्याउँदै आएका कारण फ्ल्यागशीप किलरको नामले चिनिने कम्पनीका लागि पछिल्ला समयमा भने प्रतिस्पर्धी ब्रान्डले चुनौति थप्न थालेका छन् । चिनियाँ ब्रान्ड वनप्लसका लागि एमआइ र भीभो घरेलु ब्रान्डका मोबाइलसँग फ्ल्यागशीपमा सस्तो सिरिजमा ल्याउन थालेका छन् । 

वनप्लस सेभेन प्रो स्मार्टफोन यहि अक्टोबरदेखि डिसेम्बरको बीचमा सार्वजनिक हुने बताइएको छ । वनप्लसका सिईओ पेट लाउले फाइनान्सियल टाइम्सलाई दिएको जानकारीअनुसार कम्पनीले नयाँ स्मार्टफोन फाइभजी प्रविधि युक्त हुनेछ ।

वनप्लस ७ प्रो को पनि भाइभजी भर्सन सार्वजनिक गरिसकेको छ । तर यो भर्सन सीमित टेलिकम्युनिकसेनमा मात्र छ भने नयाँ भाइभजी फोन भने विश्वभर सार्वजनिक गर्ने योजना कम्पनीको छ । 
फोनका बारेमा विस्तृत जानकारी भने दिइएको छैन तर यसअघिको भर्सन जस्तै सेभेन टीको भर्सनमा पनि फोरजी र फाइभजी भर्सनमा हुने अनुमान गरिएको छ । एजेन्सी

Comments