•   २४ चैत्र २०७६, सोमबार
  •   6:40:38 AM

कुखुराको चल्ला प्रहरीको नियन्त्रणमा

- श्रावण २४, २०७६ मा प्रकाशित


खबर सञ्जाल २०७६ श्रावण २४, 

भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएका पाँच हजार पाँच सय कुखुराका चल्ला व्यवसायीले आज नियन्त्रणमा लिई नष्ट गरेका छन् ।

रौतहटबाट तनहँुको डुम्रेतर्फ लैजाँदै गरेका चल्ला नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलबिरेबाट नियन्त्रणमा लिई भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमाल्याई नष्ट गरिएको हो ।

कुखुराका चल्ला ल्याउन प्रयोग गरिएको ना ४ च ३६९८ नं गाडीसहित व्यवसायीले नियन्त्रणमा लिएका ह्याचरी उद्योग सङ्घका सहसचिव पुरु खनालले जानकारी दिए ।

सवारीलाई भन्सार कार्यालय पठाइने जनाइएको छ । चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

Comments