•   ९ फाल्गुन २०७६, शुक्रबार
  •   12:55:29 AM

जमरकट्टेलकाे “बाँच्न जति गाह्राे हुन्छ” सार्वजनिक

- श्रावण २४, २०७६ मा प्रकाशित


साेलुखुम्बु जिल्ला नेचासल्यान ४ फुर्के निवासि सुवाश जमरकटेलले चाेट र पिडालाई शब्दमा उतार्दै गित लेखेका छन । गित सार्वजनिक भएसँगै कवि तथा गजलकार सुवाश जमरकट्टेल अब गितकारका रुपमा देखा परेका छन् । १ दशक अगाडि देखि नेपाली साहित्य अाकाशमा गजल, कविता तथा मुक्तक लेख्दै अाएका जमरकट्टेल २०७५ पाैष १८ गते सडक दुर्घटनामा परि मेरुदण्ड पक्षघात भई ४ महिना हस्पिटलकाे बेडमा रहनु भयाे । साेहि समयमा अाफुलाई लागेकाे चाेट र पिडालाई सहन गर्दै लेख्नु भएकाे मार्मिक शब्द “बाँच्न जति गाह्राे हुन्छ ” बाेलकाे गितकाे बजारमा अाएकाे छ ।

गितमा चर्चित संगितकार विकास चाैधरिले सङ्गित भरेका छन भने स्वर लाेकप्रिय गायक प्रथम नेपाली तारा दिपक लिम्बुकाे रहेकाे छ । उक्त गितकाे म्युजिक भिडियाे मुभि फ्याक्ट्रीकाे सहकार्यमा गाैतम क्रियसनकाे व्यानरमा प्रस्तुत भएकाे छ । बि बि फुयल र बाबुराम थापाले उत्पादन / प्रकाशन गर्नु भएकाे उक्त म्युजिक भिडियाेमा चलचित्र कर्मि चर्चित माेडल शाहिल खान र सायशा बायलकाेटिकाे मुख्य भुमिका रहेकाे छ भने डा. मनाेज यादव, पाेख्रेल प्रविन, थेरापिष्ट रमेश खड्का लगायतका कलाकारहरुकाे अभिनय रहेकाे छ ।

विज्ञान राईले निर्देशन गर्नु भएकाे उक्त भिडियाेकाे क्रियटिभ डाईरेक्टर एल एन गाैतम र छायाङ्कन नवराज उप्रेतिले गर्नु भएकाे छ । गितकार सुवाश जमरकट्टेलले हिस्पिटलकाे बेडमा लेख्नु भएकाे गित निकै नै मार्मिक रहेकाे र उक्त गितकाे म्युजिक भिडियाेमा पनि दुर्घटना पछि उहाँले भाेगेकाे नियति र उपचारमा देखिएका दृष्यहरुलाई सके सम्म जस्ताकाे तस्तै उतार्न खाेजिएकाे हुनाले गित समग्रमा निकै उत्कृष्ट भएकाे उत्पादक बिबि फुयलले जानकारी दिनु भयाे ।

बास्तविक घटनामा अाधारित शब्द तथा अभिनय रहेकाे म्युजिक भिडियाेमा प्रयोग भएका शब्दहरु निकै मौलिक र उत्कृष्ट पनि रहेका छन । म्युजिक भिडियाे बुढा सुब्बा युटुव च्यानल मार्फत देश तथा विदेशमा सुन्न र हेर्न सकिने र उक्त म्युजिक भिडियाे बाट सङ्कलन भएकाे रकम समाजिक कार्यमा नै वितरण गर्ने जानकारि उत्पादक बाबुराम थापाले दिनु भएकाे छ ।

गम्भिर चाेटलागि मरनाशन्न अवस्थामा हस्पिटलकाे बेडमा हुँदा समेत कलम चलाउन सक्ने सहासी गितकार सुवाश जमरकट्टेल लगायत सम्पुर्ण टिमलाई सफलताको लागि धेरै भन्दा धेरै शुभकामना ।

Comments