•   २० चैत्र २०७६, बिहीबार
  •   9:59:53 PM

लोकतन्त्र, यसका आधारभूत मूल्य मान्यता र यसकाे उपादेयता

- श्रावण ११, २०७६ मा प्रकाशित


लोकतन्त्र भनेको के हो ? यसका आधारभूत मूल्य मान्यता उल्लेख गर्दै लोकतन्त्रको उपादेयता उल्लेख गर्नुहोस् ।

लोकतन्त्र त्यस्तो आदर्श शासन व्यवस्था हो, जहाँ स्वस्थ, निष्पक्ष र स्वतन्त्र आवाधिक निर्वाचन प्रणालीमार्फत जनप्रतिनिधिमूलक र सहभागितामूलक शासन शैलीको अभ्यास गरिन्छ । यस्तो शासकीय अभ्यासमा जनता सर्वभौम हुन्छन्, जनता नै शासनको मालिक हुन्छन् र शासनमा सहभागीता पनि जनाउँछन् । तसर्थ सार्वभौम जनताबाट जनमतको सर्वोपरितामा जनइच्छित प्रतिनिधीमार्फत जनताले शासनको प्रत्यक्ष अनुभती गर्ने शासकीय मान्यता हो लोकतन्त्र । जनकेन्दित, विकेन्द्रित, सहभागितामूलक शासन पद्धतिको अर्को नाम पनि हो लोकतन्त्र ।

पाँचौ सताब्दिमा नै ग्रीसमा प्रत्यक्ष प्रजातन्त्रको अभ्यास भएको पाइन्छ । यसैगरी सनु ११९७ मा टाकीस फोटोपाउलसले समावेशी लोकतन्त्रको वकालत गरे । अमेरिकी राष्ट्रपतिले लोकतन्त्रलाई जनताद्वारा जनताका लागि गरिने शासन भनि परिभाषित गरेका थिए । नेपालमा वि.सं. २००७ सालबाट प्रजातन्त्रको प्रार्दुभाव भयो २०६३ सालबाट यसलाई लोकतन्त्रको नामबाट अभ्यास गरिर्दै आएको छ ।

लोकतन्त्रका आधारभूत मूल्य मान्यताहरुः
– सार्वभौमसत्ता र राजकीयसत्ता जनतामा निहित,
– जनसहभागीतामूलक शासकीय अभ्यास
– आवधिक निर्वाचन प्रणाली
– बहुमतको शासन अल्पमतको कदर
– मानव अधिकार र मौलिक अधिकारको प्रत्याभूती
– स्वतन्त्र न्यायपालिका
– संंविधानवादको अवलम्बन
– विधिको शासन
– शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन
– जनउत्तरदायी सरकार
– पूर्णप्रेस स्वतन्त्रता
लोकतान्त्रिक शासन प्रणालीको उपादेयताः
लोकतन्त्र आफूद्वारा आफ्ना लागि आफैले गरिने शासन भएकोले आफूलाई आफूले भन्दा बढी न्याय कसैले प्रदान गर्न नसक्ने भएबाट पनि लोकतन्त्रको महत्व झल्किन्छ । लोकतन्त्रको महत्वलाई यति नै भनी सिमांकन भने गर्न सकिदैन । लोकतन्त्रका महत्वलाई देहाय बमोजिम बँुदामा उल्लेख गर्न सकिन्छ ।
– जनउत्तरदायी शासन व्यवस्था सुनिश्चित गर्न,
– जनताको स्वशासन र स्वायत्तताको चाहनालाई मूर्तता दिन,
– जनताको Voice, Choice and Right को अधिकारलाई सुनिश्चितता प्रदान गर्न,
– सहभागीतामूलक शासन व्यवस्था अबलम्बन गरि शासनमा दिगोपना ल्याउन,
– शासनमा जनतालाई अधिकाधिक सहभागी गराई अपनत्व भावको विकास गर्न
– सामाजिक सांस्कृतिक रुपान्तरण एवं परिवर्तनलाई आत्मसात गर्न ।

Comments