•   १२ आश्विन २०७७, सोमबार
  •   3:18:41 PM

अब मदिरा पिउनको लागि उमेर लेखाउनुपर्ने,उमेर नपुगेकाले खरिद गर्न पनि नपाउने

- श्रावण ८, २०७६ मा प्रकाशित


खबर सञ्जाल साउन ८ , २०७६ काठमाडौं

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद रामनारायण विडारीले २२ वर्ष नपुगेकाले रक्सी खरिद गर्न नपाउने नियम बनाउनुपर्ने सँगै जड्याहाको सूची पनि बनाउनुपर्ने बताउनु भएको छ । युवालाई कुलतबाट बचाउन मदिरा नियन्त्रण गर्नुपर्ने उहाँको बुझाई छ । विश्वमा रक्सी मजाले खान पाइने, जहाँ बसेर खुल्लम खुल्ला खान पाइने । मन्दिर र अस्पतालका वरिपरि पनि खान पाइने देश नेपाल भएको भन्दै ब्याङ्ग्य गर्नुभयो । उहाँले भन्नुभयो, ‘संसारमा यस्तो छैन ।

निश्चित ठाउँमा निश्चित समयमा निश्चित व्यक्तिले मात्र खरिद गर्न पाउँछ । हाम्रोमा बिहे गर्नलाई २० वर्ष हुनुपर्ने, रक्सी खानलाई ६ वर्ष भए हुने रु’ उहाँले आफ्नै सरकारमाथि प्रश्न गर्दै मदिरा नियन्त्रण गर्न सरकारलाई कसले छेक्यो र किन गर्न सक्दैन रु भन्नुभयो । उहाँले रक्सी खाएर घरेलु हिं सा भएको भन्दै महिला हिं सा, संगठित अपराध नियन्त्रण गर्न मदिरा नियन्त्रण आवश्यक भएको उल्लेख गर्नुभएको छ ।

Comments