•   ९ फाल्गुन २०७६, शुक्रबार
  •   12:38:51 AM

कैली (कथा) कैलाश भट्ट

- श्रावण ८, २०७६ मा प्रकाशित


कैली (कथा) कैलाश भट्ट

त्यसपछि म ईन्डिया भागेर आएँ ।अहिले पाँच बर्ष भयो म घर गएको छैन । सय मान्छे एकै ठाउँमा नदेखेको मैले आउँदा बाटोमा हजारौं मान्छेहरू देख्दा अचम्म लाग्यो । अत्तरिया कैलाली पुगें धेरै मान्छेहरू अनि आफ्नै तालमा गुडिरहेका सवारी साधनहरू, अहो! म कतै अर्कै दुनियाँमा त छैन ? सुनेको थिएँ सहरमा धेरै मान्छेहरू हुन्छन्, तर, ती मान्छेको मन हुँदैन भनेर ।
कति कति केटाहरूले कपालमा रातो,निलो खैरो आदि कलर लगाएका थिए।कानमा मुन्द्रो हालेका यस्तो हुलियामा मैले मान्छे देखेको थिइनँ ।मैले गरिबीले च्यातिएका पाइन्ट लगाउने केटाहरू देखेको थिएँ । तर, यहाँ त रहरले च्यातेर लगाउनेहरू बस्दा रहेछन्,म एकोहोरो तिनिहरूले चुरोटको मुश्लो उडाइरहेको हेरिरहें बस् हेरिरहें
अत्तरिया चोकको एक होटलको बाहिर बसेर चुरोट पिउँदै गरेका केटाहरूलाई म हेरिरहँदा पछाडिबाट “एस्क्युजमी ´´भन्ने कुनै युवतीको आवाज आयो म पछाडि फर्किएँ र झस्किएँ “लगभग बीस एक्काईस बर्षकी एक युवती केराको थामका माथिका दुइचार बोक्रा निकाले जस्ती सेता तिघ्रा देखाउँदै भित्र गईन् र टेबुलमा बसीन् ।
म पुनः हेरेको हेर्यै भएँ ।सारी, जामा, गुन्यु,चोली भन्दा अरू पहिरनमा मैले कुनै युवतीलाई अथवा स्त्रीलाई नदेखेको हुँदा मलाई बहुत आश्चर्य लाग्यो । ब्रा पेन्टीमा देख्दा । मनमनै हाय! सहर भनें त्यत्तिकैमा महेन्द्रनगरको बस आयो । म सँगै आएका साथीहरूले बोलाए म गएँ ।
बाजेले संसार छोड्दा बुवा आठ बर्षको हुनुहुन्थ्यो रे ! बजैले भन्नुभएको हो । सानो खेत थियो । दुइटा गोरू एउटा गाइ चारवटा बाख्रा घर तिनै जनावर र खेतबाट चलेको थियोे । बा पन्ध्रबर्षको हुंदा घर छोडेर कतै टाढा जानुभएको कामको लागि करिब दुइबर्ष पछि घर आउनु भएको रे !आउँदा परिवारका सबैलाई केही न केही उपहार ल्याउनु भएको थियो रे! त्यसपछि बुवा घरमा सबैलाई बताएर गाउँका कसैसँग भारत जानुभएको थियोे  ।
तीन बर्ष पछि बा फेरि घर आउनु भयो केही पैसा लिएर परिवारमा चार जना सदस्य हुनुहुन्थ्यो । बजै, बा, काका,अनि फुपु ,त्यो बेला परिवार अलि ठिकै चलिरहेको थियो । बा फेरि भारतको मेरठ भन्ने ठाउँमा जानुभयो ।चिट्ठी लेख्ने जमाना थियो । कहिलेकाहीं चिट्ठी लेख्नुहुन्थ्यो रे ! गाउँ बिर्खे दाइले चिट्ठी लेख्ने र पढ्ने गर्नु हुन्थ्यो । त्यस बापत उहाँले पढेको चार आना लेखेको एक रुपियाँ लिनुहुन्थ्यो रे! त्यस्तै गरि बितेर गए छ बर्ष गाउँमा सबैले बा को बिहे गर्दिने सोचेछन्, यो कुरा बजैलाई पल्लाघरे माइला बाजेले भन्नुभयो । र बाको लागि बरौनी (बिहेको लागि केटि खोज्ने काम) गर्न जानुभयो । एक ठाउँमा दुवैको ग्रह मिलेर केटि पनि पाउनु भयो । त्यो बेला बा चौबिस बर्षको हुनुहुन्थ्यो । आमा सत्र बर्षकी ! केटि खोजेर बुवालाई चिट्ठी लेख्नुभएको थियो । बा घर आउनु भयो । घर पुग्नु भएको चौथो दिन बिहे भयो ।बडो धुमधामका साथ सबै खुसी थिए। 
बिहे भएर बा एक बर्ष भारत जानुभएन घर चलाउन गाह्रो भएपछि एक बर्ष पछि  भारत जानुभयो । दुई बर्ष पछि घर आउनु भयो । सन्तान भएन भनेर गाउँका सबै कुरा काट्न थाले चार बर्ष भएको थियो अझै सन्तान भएन भनेर आमालाई बाँझी आईमाई केके भनेर कुरा काट्थे रे !स्वयं बजैले पनि हेयको दृष्टिले हेर्नुहुन्थ्यो रे आमालाई ।
यसरी सबैका वचन सहदै आमा अरू दुई बर्ष गुजार्नु भयो । बिहे भएको छ बर्ष पछि म जन्मिएँ । म जन्मेर आमालाई मात्रै खुसी हैन मेरो गाउँका असी परिवार मध्य मेरा छिमेकी दुई परिवार बाहेक सबैलाई खुसी मिलेको थियो । छिमेकीलाई चैं खै केको रिस हो कुन्नी ! सधैं जल्ने गर्थे हाम्रो खुसीमा बोलचाल पनि थिएन झै झगडा पनि हुन्न थियो रे ! कान्छी बजै चैं चुँडेलको रुप हुनुहुन्थ्यो रे ! उहाँका काम नै अरूका कुरा काट्ने हो रे! उहाँका एउटा छोरा पनि सानोमै बितेको हो रे! कान्छा बाजेले कमाएको प्रसस्त सम्पति अझै बाँकी छ ।
दुई बर्ष पछि म हिंड्डुल गर्ने भैसकेको थिएँ । काकाको बिहे गराइदिनु भयो बुवाले । घरमा नयाँ बुहारी आएकी हुनाले बजै पनि बहुत खुसी हुनुहुन्थ्यो । तर, नयाँ बुहारीको राक्षस रुप बजैले दुई बर्ष भित्रमा देखिसक्नु भएको थियो । आफ्नो श्रीमानलाई केके कुरा लगाएर अलग्ग्निने कुरा गर्नु भयो । सम्पत्ती आधा आधा गरेर उहाँ अलग्गिनु भयो । बजै चैं हामी सँगै रहनु भयो । मलाई आमाको बुवाको बजैको माया बहुतै लाग्थ्यो । बजैको र बुवाको असाध्यै डर पनि लाग्थ्यो । म सँग कसैले झगडा गरे पनि बजैलाई भन्दिन्छु भनेपछी सबै डराउथे ।
यसैगरी पाँच कक्षा पास भएँ । त्यो बेला म पढ्ने स्कुल पाँच कक्षा सम्मको मात्रै थियो । त्यसपछि अर्को स्कुलमा भर्ना हुनुपर्ने भयो । अलि घरबाट टाढा थियो ।बिहानको बेला पाँचबजे जानुपर्ने हुँदा बहुत कठिन लाग्थ्यो बिउँझिन  कहिले हाजिर कहिले गयल हुँदैन बिताएँ दिनहरू असारे छुट्टि भयो । अब भदौमा मात्रै स्कुल लाग्ने भयो । हाम्रो गाउँबाट त्यो स्कुलमा पढ्न जाने चार जना मात्रै थियौं । सुरेश,बिश्वास,प्रतिष्ठा  र  म सुरेश र म अति मिल्थ्यौं । सुरेश भन्थ्यो “अजय हामी एकै क्लासमा पढ्यौं ,एकै गाउँमा जन्मियौं ,अब कतै एकै गाउँमा ससुराली परोस्  है । म अलि लजाएँ फिस्स हाँसें । बिश्वास अलि घमन्डी थियो । खास बोल्दैन थियो । उसलाई कसैको मतलव थिएन यस्तो थियो ।  प्रतिष्ठा ठकुरीको छोरी हो । उसका बुवा हर्क मल्ल हाम्रो गाउँका वडा अध्यक्ष हुनुहुन्छ ।कुनै झगडा केही बिमार केही अफ्ठ्यारो पर्‍यो भने सबै उहाँलाई नै पुकार्थे । उहाँ सबैको भलो चिताउनु हुन्थ्यो ।उहाँ गाउँमा हुँदा कुनै कुराको उजुरी दिन जिल्लामा जानुपर्दैन थियो । मलाई उहाँ असाध्यै मन पर्थे । मोटो जुँगा निधारमा टक्क ढाका टोपी सुर्यको झैं अनुहारमा चमक उहाँको बिशेषता थियो ।
प्रतिष्ठा पाँच सम्म पढ्दा मै सँग पढ्थी ।  पछि घरबाट टाढा स्कुल भएपछि हामी साथी बन्यौं । बर्खा उसको घरको एक गोरु भीरबाट खस्यो ।उनिहरू सँग एउटा मात्रै गोरु रह्यो । त्यो बेला हाम्रो घरमा पनि एउटा गोरु थियो ।उनिहरूको गोरु र हाम्रो गोरु पड्याल (दुवैको खेत जोत्ने एक हल गोरुले )लगाउने प्रस्ताव लिएर हाम्रो घर आउनु भयो । बजैले स्विकार्नु भयो । त्यसपछि प्रतिष्ठा र म अझै नजिकिन मिल्ने पाटो बन्यो । अब हामी सँगै गोठालो जान थाल्यौं ।सँगै घाँस काट्न जान थाल्यौं म पन्ध्र बर्षमा प्रवेश गरें उसले सोह्र बर्ष । यसैगरी दिनहरू बडो रमाइलो साथ बित्दै गए । म बढी जसो उसको घरमा जाने गर्थे । उनीहरू पनि म घरमा आउँदा रमाइलो महसुस गर्थे । प्रतिष्ठा र म धेरै नजिक हुन थाल्यौं एकदिन नदेखे पछि कस्तो कस्तो लाग्थ्यो । सायद उसलाई पनि लाग्दो हो ।
हामी आठमा पढिरहेका थियौं ।चार बजे स्कुलको छुट्टि हुन्थ्यो । पाँच बजे घर पुग्थ्यौं । बिठ्याइँ गर्न किन हो किन अति मन पर्थ्यो ।                    नौ कक्षामा पढ्दाको कुरा हो । बर्खे बिदा सकिए पछि भदौको एक गते स्कुल लाग्यो । चार पाँच दिन खासै विद्यार्थी आउदैनन्, सरहरू पनि  त्यति हाजिर हुन्नन् आठ नौ दिन पछि भने सबै नियमित हुन्छन्,।
भदौको महिमा अक्सर झरी परिनै रहन्छ ।हाम्रो ठाउँमा चैत,जेठ बैशाख बाहेक जाडो नै हुन्छ बढी जसो एकदिन यस्तो  झरी पनि  पर्‍यो जस्ले रोकिने नाम लिएन । बिहान त्यति केही  थिएन हामी सजिकै स्कुलमा गयौं सबै जना दिउँसो एक बजे हाफटाइम पछि त झन् बढ्दै गयो कक्षा कोठाको छाना चुहिएर तप तप हामी बसेको बेन्चको कुनामा परेर असहज पारिरहेको थियो।
मैले स्कुलको झ्याल ढोकामा लगाइने रोगनको डिब्बा लिएर चुहिने पानीमा लगाएँ। सवा तीन बजेतिर छुट्टि भयो मुसलधारे पानी परेकाले घर पुग्ने हिम्मत  त के बाहिर निस्किने पनि  आँट आइरहेको थिएन, मानौं त्यतिबेला कक्षा कोठा आमाको काख जस्तै प्यारो थियो साढे तीन बजिरहेको थियो छुट्टि भएर पनि  कोही विद्यार्थीहरू बाहिर निस्केका थिएनन्, सरहरू पनि  अफिस छोडेर बाहिर आएका थिएनन्, हुन त सरहरू सँग छाता थियो।हाम्रो पनि  केही  साथीहरू सँग छाता थियो। म सँग थिएन । प्रतिष्ठा  सँग पनि  थिएन । मैले अफिस बाट  क्यारिम लिएर पानी नरोकिए सम्म क्यारिम खेल्ने भनें साथीहरूलाई सबैले सहमति  जनाए कति त भिजेर पनि  घर गैरहेका थिए ।मलाई  भने हिम्मत  आएन हामी मजाले क्यारिम खेल्न तिर लाग्यौं धेरै साथीहरू गैसकेका रहेछन्, साँझ छ बजिरहेको थियो।
क्यारिम खेल्ने हामी चार जना मात्रै  स्कुलमा रह्यौं सब कुन बेला गईसकेछन्,।हामी चार जना मध्य सुरेश , म प्रतिष्ठा घर जान सकेका थिएनौं । सुरेश र बिश्वास सकि नसकी  गए भने हामी दुई रह्यौं । समय अँध्यारो बनाउदै थियो । झरी भने रोकिने नाम लिइरहेको थिएन। भिजेरै भएपनि अब जाने निर्णय गरियो ।मोबाइलमा चार्ज 30%जति थियो । उनको मोबाइलमा भने भरी थियो खास मोबाइल चलाउदिन थिइन्,
कोटान्जर जाने दुइजना साथीहरू पनि भिजेरै जाने भए हामी पनि जाने भयौं ।आफ्नो सर्ट भित्र झोला राखेर बाहिर निस्कियौं लगभग अँध्यारो भईसकेको थियो ।स्कुलको माथितिर बीस मिनेट हिंडेपछी हाम्रो गोरु बाँध्ने आफू पनि  बस्ने सानो घर छ मैले भनें घर पुग्न सकिन्न होला हामी त्यता जाऊँ आज त्यही बसौं भनें उन्ले घरमा सबै चिन्ता मान्लान् घर त पुग्नै पर्‍यो भनिन्,
त्यतिकैमा घरबाट  फोन आयो मेरो मोबाइलमा सबै स्कुले आईसके तँ काँ छस् बाले भन्नुभयो ।मैले भने आउन सकेको छैन म र उ यतै छौं सायद आज खरक मै बस्ने भनेका छौँ । बाले हुन्छ त्यही बस अलिकति चामल होला पानी भरेको छ नुस खुर्सानी छ त्यै पकाएर खानु भन्नुभयो । म खुशी  भएँ। घरबाट यस्तो  खबर आयो अब खरकमै गएर बसौं है भन्दा उनले मानिन्, हामी भिजेरै खरक सम्म पुग्यौं जाडोले थुरथुर बनाएको थियो झोला भिजेन हामी भिज्यौं मेरो लागि त त्यो सानो घरमा थुप्रै कपडाहरू थिए तर, उनि के लगाउने ? मैले कपडा बदलें उनलाई पनि  मेरै कपडा लगाउन भने जाडोको कारण बिचरीले लगाउनै पर्ने भो ।
अलिकति भएको चामलमा नुन खुर्सानी हाली अलिकति  भट्ट मिसाएर खिचडी जस्तै बनाएर खायौं । हाम्रा भिजेका कपडा पनि राती घर भित्रै सुकाउन राख्यौं । मेरो मोबाइलमा अर्जुन देब भन्ने नयाँ  फिल्म आएको थियो बिराज भट्टको चार्जले पुगे सम्म हेर्यौं सकिए पछि उनको ब्याट्री आफ्नो मोबाइलमा हालेर हेर्यौं उसको घरमा राती सबै आत्तिए छन् हाम्रो घरमा सोधेका रहेछन् आयो कि आएन भनेर बाले सबै  भन्नू भएछ राती त्यही बितायौं।त्यो दिन एक अवसमरणिय बन्यो ।
बचपनमा मेरो कपाल खैरो रङको थियो । खैरोलाई हाम्रो तिर कैलो भनिन्छ ।कैलो बाट कैले हुँदै कैलु नाम भएको हो। खास नाम त अजय हो । कसै कसैले मलाई जिस्काउँदै कैले बान्नर भन्थे बान्नर भन्या चैं बाँदर प्रतिष्ठा पनि जिस्काउँदै कैले बन्नार भन्थी उसले यो नामले बोलाएको अति मन पर्थ्यो ।म पनि उसलाई जिस्काउँदै कैली मेरि कैली भन्थें । ऊ रातो रातो मुख बनाउथी ।तँ मरिबस्योस् भन्थी अनि फिस्स हाँस्थी ।
एकदिन हामी गाउँबाट अलि टाढा घट्टे खोला भन्ने ठाउँमा साँझको पाँच बजे तिर घाँस काट्न गयौं । घट्टे खोला आफ्नो रफ्तारमा थियो । स्या………आवाज गर्दै सङ्लो पानीलाई खै कता लगिरहेको थियो । ऊ आफ्नै धुनमा मस्त थियोे म उसले आफ्नो किनारमा घाँस भने बडो सौन्दर्य पुर्वक उमारेर हुर्काएको थियो ।जसको हत्या गर्न म र कैली गयौं ।  सात रङले सजिएको इन्द्रेणीको झाँङ मुनि बडो मजाले घाँस आफ्नो सौन्दर्य देखाइरहेको थियो,भने माथि सात रङका इन्द्रेणी फलहरू आफ्नो सुन्दरदाको प्रदर्शन गरिरहेका थिए ।पल्लो पट्टि म गए वल्लो पट्टि कैलि ऊ मनमनै केही गुनगुनाउँदै घाँसको हत्या गरिरहेकी थि हसियाले । अचानक! उसको हातमा घाँस सँगै हरियो सर्प आएछ । उफ्फ्फ……ऊ अत्तालि कराई अजय….अजय….हसिया उतै सर्पसँग छोडेर म भएको ठाउँमा आई । कस्सिदै अँगालो हाली सायद पहिलोपटक म उसको यति समीप थिएँ   । उसले अँगालो हाल्दा उसको छातीमा उम्रिएका दुई इन्द्रेणी फल मेरो छातीमा ठोक्किए ऊ रुन थाली ।
अजय अब म घाँस काट्न कहिले आउँदिन भन्न थाली पाँच मिनेट सम्म अँगालोमा बाँधिरह्यौं ।
मैले उनको निधारमा गहिरो चुम्बन गरें । त्यसपछि हाम्रो सम्बन्ध अझै अब्बल भयो । बाँकी घाँस नकाट्ने भनिन्, मलाई निकै माया लागेर आयो ।मैले आफ्नो सहित उनको भारी बनाएँ । बाटो भरी डर डर भएको कुरा गर्न थालिन्  सायद पहिलोपटक उनी यति डराएकी थिइन्, म जहिल्यै कैली भनेर नै बोलाउँथें । सधैं कैली भन्दा रिसाउने उनी त्यो बेला बहुत आत्मीय लागेछ सायद, कैलु मेरो आँखामा त्यही सर्प आउँदैछ भनिन् धेरै डर भरिएको स्वरमा , नडराऊ कैली म छु नि हिम्मतिलो आवाजमा मैले भनें ।तँ मलाई छोडेर टाढा नजा है ?आशावादी स्वरमा भनिन्,म बहुत भावुक भए मसिनो स्वरमा भनें “पागल”म कता जाउँला र तँलाई छोडेर ? बरू तेरा बाउले  तेरो बिहे गर्दिए भने तँ चैं मलाई छोडेर जान्छेस् होला है ? रुन्चे स्वरमा भनें । ऊ अकमक्क भई ला…..मो सास लिई सायद कल्पना गर्दै थि होलि एकछिन मौनता छायो ।…….०००
हिक्क-हिक्क यस्तो आवाज सुनें, अहो! ऊ अगाडि रुँदै पो रहिछे । किन के भयो ? किन रोएकी ? हँ ? प्रश्न गरें आँसु पुछ्दै भन्न थाली छोरीको कर्म किन यस्तो ? आफुलाई धिकारे जस्तो गरेर भनी, कस्तो ? मैले नबुझ बनेर प्रश्न गरें जन्मघर छोड्नु पर्ने नि । म टोलाएँ लामो सास लिएँ, केही समय पछि खै….?.. मात्रै भनें । बाटो हिंड्दै फेरि मौनता छायो ।
केही समय पछि “”कैलु” भनेर बोलाईन “हजुर” तेरो साथ भएन भने त म बाँच्न सक्दिनँ होला यार”उसको यो कुराले बिझायो । म केही बोलिन मात्रै भनें”धत लाटी ” अनि जिस्काउने पारामा भनें तँ म सँग बिहे गर्छेस् त ? कैलु यो कसरी सम्भव छ ? सोधिन् किन र ? मैले सोधेँ हामी एकै गाउँका त्यो माथि म ठकुरी तिमी बाहुन मेरा बा उफ्फ्फ । लामो सास फेरि म हाँसें केवल हाँसें 
ओए वानर किन हाँसेको ? रिसाएको स्वरमा भनिन्,हाम्रो बिहे साँच्चै सम्भव छैन कैली निराशपन भरिएको स्वरमा मैले भनें 
भागेर बिहे गरम् त ? एसएलसी पछि बाले मेरो बिहे गर्दिने भन्नुभएको छ । त्योभन्दा अगाडि भागौं उसले आशावादी स्वरमा भनी ……हैट त्यस्तो त नसोच यार तिम्रो बाबुआमाले जन्मायो हुर्कायो पढायो कति सपना देखेका होलान् तिम्रा लागि राजकुमार जस्तो ज्वाइँ खोज्ने प्लान होला गोडा धोएर पानी खाने बिचार होला बाजागाजा बजाएर बिदाइ गर्ने सोच राख्नु भएको होला अठार बर्ष सम्म पालेर एकदिन एउटा आफ्नै गाउँको गरिव बाहुन केटो सँग मुखियाकी छोरी भागेर पोइला गई भन्दा तिम्रा बाउको इज्जत के रहन्छ भन त ? मैले सतर्कताको आवाजमा भनें 
सायद यो कुराले गहिरो सँग छोयो ऊ हिक्क हिक्क गर्न थाली कैलु आइ लभ यु भनी मैले नि लभ यु टु भनें कुरा गर्दागर्दै घर पुग्यौं गोरुलाई घाँस पात गरेर भित्र पसें घाँस काट्दा भएको घटना मैले आफ्नो घरमा भनें उसले आफ्नो घरमा भनिछ । भोलिदेखी घाँस काट्न नजाने भयौं । दोस्रो दिन ऊ अलि ज्यादै निराशमा थि दसमा पढ्ने बेलाको कुरा हो यो बर्खे बिदा सकिनै लागेको थियो ।  के भयो कैली म बाटोमा उसलाई सोध्न लागें ऊ केही बोलिन फेरि सोधेँ  के भयो भन् न यार फेरि पनि केही बोलिन नभन्ने भए त म बोल्दिन म अन्तै गोरु लिएर जान्छु तँ अन्तै लिएर जा भनें अनि रुञ्चे स्वरमा भन्न थाली मेरा बरौने आए (बरौने=हात माग्ने मान्छे) कहिले ? हिजो राती चिट्ठा लिएर गएका छन् पर्सि जुरे नजुरेको खबर लिएर आउलान् म आकासबाट तल खसे जस्तो भएँ केही बोल्नै सकिनँ , उसका बुवाको निर्णय नै अन्तिम  हुने हो । 
अरू कसैको केही लाग्ने वाला छैन । अनि जुरेपछी बिहे कहिले रे ?  हिक्क गर्दै आँसु झार्दै भनिन्, मंसिराँ उफ्फ……अत्तालिएँ के भनूँ के भनूँ जस्तो लाग्यो । र भनें अब त चार महिना पछि तँ मलाई छोडेर जान्छेस् है ? ऊ अझै डाको छोडेर रुन थाली मैले कस्सेर अंगालो हालें ओइ पागल किन रोएकी हँ म छु नि न रो मेरि ज्ञानी कैली भनें अलि कम हिक्क हिक्क गर्न थाली धेरै माया लागेर आयो अब के गरौं जस्तो लाग्यो । त्यसदिन देखि हामी अझै नजिक भयौं ।
यसरी नै बितेर गए चार महिना मंसिरको दोस्रो साता उसको उसको बिहे पक्का भयो । म केही सोच्नै सकिरहेको थिईनँ ।भगाएर लाने हिम्मत थिएन । भगाएर पनि लाने कता ? यस्तै यस्तै सोच्दा सोच्दै मेरो दिमाग खराब हुने स्थितिमा पुगेको थियो । एउटा रातो सिन्दुरको धर्का कैलीको निधारमा माथिको सिउँदोमा पर्ने वाला थियो  ।जो हो खतराको चिन्ह ट्राफिक रेड लाईट जस्ले अब मलाई उसको करिब जान हमेसा रोक्ने वाला थियो ।  त्यसै बिच हाम्रै गाउँका दुइचार जना केटाहरू भागेर ईन्डिया जाने गाइँगुइँ मेरो कानमा पस्यो । यता यस्को बिहे हेरेर रुनु भन्दा इन्डिया गएर बेपत्ता भएको ठिक सोचें । मैले केही पैसा खुद्रुकीमा जम्मा गरेको थिएँ । राती त्यो खुद्रुकी फुटाएर हेर्दा लगभग चार हजार जति निस्कियो । त्यही बाट टिकट बनाएर म घरबाट भागें ।

Comments