•   १२ आश्विन २०७७, सोमबार
  •   2:44:37 PM

नेपालको पहिलो विकेट, कप्तान खड्का २८ रनमा बाहिरिए

- श्रावण ७, २०७६ मा प्रकाशित


खबर सञ्जाल साउन ७ , २०७६ काठमाडौं

आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले मंगलबार कतारसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिता सोमबारदेखि सुरु भएको थियो ।

कतारविरुद्ध ब्याटिङ गरीरहेको नेपालले आईसीसी टि–ट्वान्टी विश्वकप अन्तर्गत एशिया छनोटमा  पहिलो विकेट गुमाएको छ । ओपनर कप्तान पारस खड्का २८ रनमा पवेलियन फर्किएपछि नेपालले पहिलो विकेट गुमाएको हो । उपकप्तान ज्ञानेन्द्र मल्लसँग ४९ रनको साझेदारी गरेका पारस इनाम उल हकको बलमा क्याच भए । नेपालको इनिङस् ज्ञानेन्द्र र शरद भेषवाकरले सम्हालिरहेका छन् ।

मंगलबार त्यहाँको मौसम पनि बदली हुने बताइएको छ । मौसम विभागका अनुसार एक घण्टापछि पानी पर्ने सम्भावना छ ।

कतार हिजो घरेलु टोली सिंगापुरविरुद्ध ३३ रनले पराजित भएसँगै कमजोर मनोबलमा छ । नेपाल त्यसको फाइदा उठाउने लक्ष्यमा छ ।

Comments