•   १२ आश्विन २०७७, सोमबार
  •   1:25:41 PM

विश्वकप छनौट प्रतियोगिता खेल्न नेपाली टोली सिंगापुर पहिलो खेल आगामी मंगलबार कतारसँग खेल्ने

- श्रावण ५, २०७६ मा प्रकाशित


  खबर सञ्जाल साउन ५ , २०७६ काठमाडौं

टी–२० विश्वकप पुग्ने लक्ष्यसहित नेपाली टोली छनौट प्रतियोगिता खेल्न सिंगापुर पुगेको छ ।

दुई खेलको सिरिज खेल्न तथा फरक माहोलको अभ्यास गर्न नेपाली टोली गत २४ असारमा मलेसिया गएको थियो । मलेसिया र सिंगापुरको वातावरण उस्तै रहेको र मलेसियामा रहेको स्तरीय मैदान र पिचमा अभ्यास गर्नको लागि नेपाली टोलीले करिब १० दिन त्यहाँ बिताइ शनिबार सिंगापुर पुगेको छ ।

मलेसिया विरुद्धको दुबै खेल जितेको नेपालले आइतबार देखि सिंगापुरमा प्रतिशक्ष गर्ने तालिका रहेको नेपाली टोलीका व्यवस्थापक रमण शिवाकोटीले जानकारी दिएका छन् ।

कुल ५ टोली रहेको यस प्रतियोगिताको विजेताले आगामी अक्टोबर–नोभेम्बरमा युएईमा हुने विश्वकप टी–२० अन्तिम छनौटमा सहभागि हुन पाउनेछ ।

प्रतियोगिताको दाबेदार भएपनि नेपालले अन्य टोलीलाई कमजोर नआँक्ने नेपाली टोलीका कप्तान पारस खड्काले बताएका छन् ।

नेपालले पहिलो खेल आगामी मंगलबार कतारसँग खेल्ने तालिका रहेको छ ।

Comments