•   ९ फाल्गुन २०७६, शुक्रबार
  •   12:31:14 AM

लोकसेवा आयोगको परिक्षा बिथोल्न खोज्ने चार जना पक्राउ

- श्रावण ४, २०७६ मा प्रकाशित


खबर सञ्जाल, ४ साउन खोटाङ
खोटाङमा लोकसेवा आयोगको परिक्षा विथोल्न खोज्ने चार जना पक्राउ परेको छन् । लोकसेवा आयोगको पाँचौ तहको परिक्षा सञ्चालन भइरहेको दिक्तेल बहुमुखी क्याम्पस परिक्षा केन्द्रमा पुगेर परिक्षा विथोल्न खोज्दै गर्दा शनिबार विहान प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेमा नेपाल आदिबासी जनजाती महासंघका सचिव रबिन खम्बु, महासंघका सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार, सविना अछामे रहेका छन् । उनीहरुले परिक्षा केन्द्रमा प्रवेश गरेर हो–हल्ला गर्ने, प्रश्नपत्र र उत्तरपुस्तिका खोस्ने काम गरि परिक्षा विथोल्न खोजे पछि पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले बताए ।

संविधानमा भएको समावेशी र समानुपातिक व्यवस्था विपरित लोकसेवा आयोगले विज्ञापन खुलाएको विरोधमा शनिबार १ नम्बर प्रदेशमा गरिएको बन्द आह्वान अन्तर्गत परिक्षा केन्द्रमा पुगेका चार जनालाई प्रहरीले धरपकड गरि हातकडी लगाएर जिल्ला प्रहरी कार्यालय लगिएको नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष हात्तीराम राईले बताए ।

संविधानमा व्यवस्था गरिएको लोकसेवा आयोगको आरक्षण कोटा कटौती गरेको विरोधमा आदिबासी जनजाती महासंघ एवं आदिबासी जनजाती संघ÷संगठन आवद्ध संयुक्त संघर्ष आन्दोलन परिचालन समितिले प्रदेश बन्द आह्वान गरेको जनाएको छ । उक्त बन्दको आह्वानको कारण जिल्लामा यातायात सेवा समेत प्रभावित भएको छ ।

Comments