•   २४ बैशाख २०७८, शुक्रबार
  •   4:09:58 PM

रोल्पामा राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रम सम्पन्न

- असार २४, २०७६ मा प्रकाशित


खबर सञ्जाल २४ असार, रोल्पा ।
नेपाल राष्ट्रिय खेलकुद परिषद को आयोजना र रोल्पा खेलकुद बिकास समिती को सह आयोजना मा राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रम २०७६ सम्पन्न भएको छ । आज सम्पन्न उक्त कार्यक्रममा विभिन्न ७ वटा बिद्यालय को करिब १६१ छात्राहरुले सहभागी जनाएका थिए । सोही प्रशिक्षण कार्यक्रम मा नेपाल सेल्फ डिफेन्स संघ का केन्द्रिय सदस्य न्हवाङ्ग लामा र प्रशिक्षक संगिता श्रेष्ठले १६१ छात्राहरु लाई अबको छात्रा दिनमा बल होइन बुद्धि लागाउने बताए । २ दिनेसम्म चलेको उक्त आत्मरक्षा तालिमल मा बोल्दै उहाँहरुले अब को दिन मा छात्राहरुलाई स्वास्थ रहन खेलकुदमा लाग्नु पर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा आफ्नो पहिचान बनाउन आवश्यक रहेको भन्दै सबै जान खेलकुद को लागि लाग्न को लागि केही सुझाव समेत दिनु भयो।

Comments