•   २५ जेष्ठ २०७७, आईतवार
  •   6:06:15 AM

लाेकसेवा आयाेग विशेष जानकारी

- जेष्ठ ३२, २०७६ मा प्रकाशित


स्थानिय तहकाे चाैथाे, पाँचाै र छैठाैँ पदका लागि विशेष उपयाेगी

खबर सञ्जाल ३२ जेठ, काठमाण्डौँ  ।

१. मुलुकी देवानी संहिता, २०७४ अनुसार कुन उमेर समुहलाई नाबालक भनि परिभाषित गरिएको छ ?
– १८ वर्ष पुरा नभएका बालबालिका
२. प्रदेशगत रुपमा कुल गार्हस्थ्य उत्पादनको मापन गर्ने पद्धतिको सुरुवात कहिले देखि गरिएको हो रु
– आर्थिक वर्ष २०७५/७६ देखि
३. “सेतो याक” नामक उपन्यासका लेखक को हुन् रु
– केदार पनेरु
४. दिगो विकास लक्ष्य (SDGS) का कति वटा लक्ष्य र उद्देश्य तय गरिएको छ ?
– १७ लक्ष्य, १६९ उद्देश्य ( सन् २०१५ सेप्टेम्वर महिनामा संयुक्त राष्ट्र संघको महासभाबाट सन् २०१६ जनवरी देखि लागु हुने गरि तय गरिएको )
५. वनस्पति विज्ञानका पिता भनेर कसलाई चिनिन्छ ?
– थियोफ्रेटस
६. मानव शरिसमा प्रोटिनका मात्रा कति प्रतिशत रहेको हुन्छ ?
– १७ प्रतिशत ( अन्यमाः खनिज ६१ प्रतिशत, चिल्लो पदार्थ १३.८ प्रतिशत, पानी ६.१ प्रतिशत, कार्बोहाइड्रेट १.५ प्रतिशत)
७. DNA कहाँ पाइन्छ ?
– क्रोमोजोममा ( वंशाणुगत गुण सार्ने काम DNA ले गर्दछ )
८. मानिस र मेसिन बिचको सम्बन्धबारे अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
– साइवरनेटिक्स
९. नलसिंह गाढ जलविधुत आयोजना कुन जिल्लामा रहेको छ ?
– जाजरकोट ( ४१० मेगावाट उत्पादन क्षमता भएको जलाशययुक्त यो आयोजना Public Private Partnership अन्तर्गत सञ्चालित छ )
१०. एसियाली राष्ट्रहरुलाई जोड्ने Silk Road सम्झौतामा कहिले हस्ताक्षर भयो ?
सन् २००६ डिसेम्बर १०
११. सर्वप्रथम नेपाली भाषामा प्रकाशित पत्रिका कुन हो ?
– गोरखा भारत जीवन ( वि.सं. १९४३ मा प्रकाशित यस पत्रिकाका सम्पादक मोतिराम भट्ट थिए, यो भारतबाट प्रकाशित भएकाले नेपालको पहिलो पत्रिका भने वि.सं. १९५५ मा प्रकाशित सुधासागरलाई मानिन्छ )
१२. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नगरपालिका हुनका लागि कहाँ कति जनसंख्या हुनु पर्ने छ ?
हिमाली जिल्लाको हिमाली क्षेत्रमा कम्तीमा दश हजार, हिमाली जिल्लाको पहाडी क्षेत्र तथा पहाडी जिल्लामा कम्तीमा चालीस हजार, भित्री मधेशका जिल्लामा कम्तीमा पचास हजार, तराईका जिल्लामा कम्तीमा पचहत्तर हजार र काठमाडौं उपत्यकाभरका जिल्लामा कम्तीमा एक लाख
१३. गणतन्त्र स्मारकको उद्घाटन कहिले भयो ?
वि.सं. २०७६ जेठ १५ गते
१४. सन् २०१८ मा वल्र्ड बुकमा सुचिकृत हुने नेपालका दुई साँस्कृतिक सम्पदा कुन–कुन हुन् ?
पशुपति र लुम्बीनी
१५. आ.व. २०७६÷७७ का लागि प्रस्तुत बजेटले आर्थिक वृद्धिदर कति हासिल गर्ने लक्ष्य लिएको छ ?
८.५ प्रतिशत

–संकलकः दिपेश पोखरेल खार्पाली

www.facebook.com/dipesh.pokharel1

Comments