
केपिलासको सिङ्गो गाउँनै एमालेमा प्रबेश, कांग्रेस,माओबादी र जसपाको उड्यो होस
- भाद्र ५, २०७८ मा प्रकाशित


सन्तोश पौडेल
खोटाङ,५ भदौ । खोटाङको केपिलासगढी गाउँपालिका -१ फेदिमा कांग्रेस माओबादी र जसपामा क्रियाशिल नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रबार फेदीको शुक्रबारेमा स्थानीय पार्टी कमिटिले आयोजना गरेको छलफल तथा पार्टी प्रबेश कार्यक्रममा एकै गाउँका १६८ जना एमालेमा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेसका गाउँपालिका उपसभापती लक्ष्मी राई, वडा सभापती मधुराज राई, जसपाबाट वडा अध्यक्षका उम्मेद्वार ज्ञानकुमार राई, कांग्रेस पार्टी कमिटिका दुईजना सचिव (क) पदम राई र (ख) राजन राई, माओबादी खार्तम्छाका ईन्चार्ज चन्द्रकुमार राई लगाएत, एकै गाउँका १६८ जना एमालेमा प्रवेश गरेको नेकपा एमाले खोटाङका सचिवालय सदस्य तथा केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताउनुभयो । अध्यक्ष राईले भन्नु भयो,“को कता भन्ने हामि जान्दैनौँ नेकपा एमाले सुर्य चिन्नह र जबज जिबनभर छोड्दैनौँ र अरुलाई पनि एमालेमा एक ढिक्का भएर लाग्न आग्रह गर्दछु।”

देउबा सरकारले २० प्रतिशत संख्या पुग्दा पार्टी फुट्न पुग्ने अध्यादेश ल्याएपछी एमालेमा रहेका माधब नेपाल समुह टुक्रीए पनि एमाले भने झन मजबुद बन्दै गएको छ । नेपाली कांग्रेस,नेकपा माओवादी र जसपाभित्र विवाद बढेको र कांग्रेस सरकारले सन्तोषजनक काम गर्न नसकेको बेला नेता तथा कार्यकताले असन्तुष्टि जनाउँदै देशभर एमालेमा प्रवेश गर्नेको लहरनै चलेको छ ।

“मन पराँए, मायाँ लाएँ , मैले के बिराए ’’ भन्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले ) मा सकृय हुने घोषणा गर्दै सिङ्गो गाउँनै एमालेमा प्रबेश गरेको नेकपा एमाले संसदिय दलका मुख्य सचेतक विशाल भट्टराईले बताउनु भएको छ । पार्टी प्रबेश कार्यक्रमा प्रमुख अतिथिको रुपमा बोल्दै सचेतक भट्टराईले भन्नुभयो, “कन्फरटेवल सरकारले अध्यादेश ल्याएर पार्टी फुटाए पनि जनताको मन, मष्तीस्कमा एमालेनै रहेको छ ।”
उहाँले भन्नुभयो,“ठूलो पंक्तिले माधव नेपाललाई छाडेका छन्,यसले के प्रमाणित गर्छ भने उनीसँग त्यस्तो ठोस राजनीतिक एजेण्डा छैन ।” राजनीतिक दलको नेतृत्व बन्नका लागि ठोस राजनीतिक एजेण्डा हुनुपर्ने भन्दै सचेतक भट्टराईले माधव नेपाल प्राविधिक र प्रशासनिक क्षेत्रको नेता जस्तो बनेको टिप्पणी समेत गर्नुभयो ।
राजनीतिक एजेण्डा बोक्न नसकेकै कारण नपालले आफू स्थापित हुनका लागि पार्टी विभाजनको प्रक्रिया अगाडि बढाएको नेता भट्टराईले आरोप लगाउनुभयो ।

कार्यक्रममा एमाले प्रदेश सदस्य पाँचकर्ण राई (पिके), पार्टी जिल्ला कमिटि अध्यक्ष रामप्रसाद दंगाल, केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राई, उपाध्यक्ष हिराकुमारी बन लगाएतले आ-आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा एमालेबाट निर्वाचित वडा अध्यक्ष लगायत एमाले नेता तथा कार्यकर्ताको बाक्लो उपस्थीति रहेको थियो । (हलेसी खबर बाट)



सम्बन्धित खवर
- भाइरल शिक्षिका र शैक्षिक सुधारको बाटो
- सर्वोच्चको आदेश : नागरिकता अध्यादेश कार्यान्वयन नगर्नु (पूर्णपाठ सहित )
- ओली पार्टी मिलाउन खोज्ने, नेपाल दाहाललाई नछोड्ने
- प्रेम आले सहित तीनजना मन्त्री फिर्ता, को को बन्दैछन् नयाँ मन्त्री?
- भारतमा लकडाउनमा काम नपाउँदा अभिनेत्री बने यौनकर्मी, प्रहरीद्वारा पक्राउ
- भाइरसविरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने ? यस्ता छन् उपाय
- भाइरल शिक्षिका र शैक्षिक सुधारको बाटो
- निजी स्कूल र हस्पिटलमा लगानी गरेका श्रेष्ठलाई देउवा सरकारले बनायो स्वास्थ्य राज्यमन्त्री
- दिल्लीका सुरक्षाकर्मी धमाधम काठमाण्डौमा
- गाउँपालिका अध्यक्षको धम्की : अधिवेशनमा नसघाए जे पनि गर्न सक्छु
- आमा बनिन् रक्षा, सार्वजनिक गरिन् छोरी(तस्बिरहरू)
- उपप्रमुखसँग महिला कार्यक्रमले दियो एकल महिलालाई घर
Comments