
माधव पक्षका यी सांसद जसले देउवाको मन्त्री हुन ‘दाम्लो चुडाउन’ लागे
- श्रावण ३१, २०७८ मा प्रकाशित

खबर संजाल, ३१ साउन, काठमाण्डौ ।
सरकार गठन भएको महिना दिनमै यसका घटकहरूले अनेक रूप देखाउन थालेका छन् । दुई साताअघि नै प्रचण्डले मन्त्री छान्न नसकेर आफू तनावमा परेको, पार्टीका सबै ४९ जना सांसदलाई मन्त्री चाहिएको र आफू मन्त्रीका आकांक्षीको भिड छिचोलेर पार्टीको बैठकमा आइपुगेको बताउनुभएको थियो । प्रचण्डको तनावको ग्राफ अझै घटेको छैन । किनभने उहाँले अझैसम्म मन्त्री छनोट गर्न सक्नु भएको छैन ।
सत्ता गठबन्धनको अर्को घटक माधव नेपाललाई पनि कम्ता सकस परेको रहेन छ । २२ जना सांसदसहित शेरबहादुर देउवालाई भोट दिएको त्यो समूह सरकारमा जाने कि नजाने दोधारमा छ । तर, उक्त समूहका सदस्यलाई पनि मन्त्री हुनबाट रोक्न माधव नेपाललाई कति गाह्रो परेको रहेछ भन्ने थाहा पाउन हिजोको उहाँको भाषण सुने पुग्छ । ‘केही केही साथीहरू त अब हामी जान्छौँ भनेर दाम्लो चुडाँउन पनि तयार हुनुभयो,’ नेपालले भन्नुभयो, ‘अब दाम्लो चुडाँउनेसँग त के लाग्छ र । आफ्नैलाई त रोक्न सकिएको छैन । अरूलाई कसरी रोक्नु?’
नेपालको यो भनाइ आएपछि उहाँको समूहमा दाम्लो चुडाँउन खोज्नेहरू को-को हुन् भनेर चासो बढेको छ । त्यति मात्र होइन उहाँले आफ्नैलाई रोक्न सकिएको छैन अरूलाई कसरी रोक्नु भनेर अर्को वाक्य पनि थप्नु भएको छ । यो अर्को बहसको विषय भएको छ ।
आखिर मन्त्रीका लागि माधव समूहमा दाम्लो छिनाउनेहरू को-को होलान् त? हामीले उक्त समूहका केही नेताहरूसँग सोधपुछ गर्यौं । यस क्रममा के थाहा भयो भने यो समूहमा अंगिकृत र वंशज दुई खेमा छन् । तर, दाम्लो छिनाउनेहरू चाँहि छ्यासमिस छन् ।
मन्त्री बन्ने प्रलोभनमा देउवालाई विश्वासको मत दिएका अध्यक्ष केपी शर्मा ओली पक्षीय सांसदहरू दाम्लो छिनाउन बढ्ता जोड गर्नेमा पर्छन् । त्यसको नेतृत्व पूर्वमन्त्री एवं डोटीका सांसद प्रेम आलेले गर्नुभएको छ । उहाँलाई अर्का सांसद किसान श्रेष्ठको साथ छ ।
उहाँहरू प्रधानमन्त्री देउवालाई व्यक्तिगत रूपमा भेटेर भए पनि मन्त्रीका लागि पहल गरिरहनुभएको स्रोतको भनाइ छ । ‘हामीले पार्टीको निर्णय होइन व्यक्तिगत निर्णयमा प्रधानमन्त्रीलाई विश्वासकाे मत दिएका हौँ, त्यसकारण मन्त्री पनि व्यक्तिगत रूपमा बनाउनु पर्दछ,’ यो समूहको भनाइ छ ।
माधव नेपालले यो समूहलाई लक्षित गरेर ‘आफ्नालाई त रोक्न सकिएको छैन । अरूलाई कसरी रोक्नु भन्नुभएको हो,’ एक नेता भन्नुहुन्छ । अंगिकृत समूह नेता नेपालको काबुमा छैन । उनीहरू हामीले व्यक्तिगत रूपमा देउवालाई मत हालेकोले अरू निर्णय पनि व्यक्तिगत नै हुने जिकिर गर्दै हिँडेका छन् । नेपालका २२ मध्ये आठ जनाको अलग्गै समूह भएकोले आन्तरिक भाग पनि त्यसैअनुसार पाउनुपर्ने उहाँहरूको दाबी छ । यो समूहमा प्रेम आले, किसान श्रेष्ठ, धनबहादुर बुढा, गोपाल बम, हिराचन्द्र केसी, समिना हुसेन, बिना बुढाथोकी र अञ्जना विंशखे छन् । यी सबै मन्त्रीका दाबेदार हुुन् ।
नेपालसँग लामो समयदेखि रहेका केही सांसद र गैरसांसद पनि मन्त्रीका लागि दाम्लो चुडाँउन प्रयासरत भएको नेपाल समूहमा चर्चा छ । जसको नेतृत्व रामकुमारी झाँक्रीले गर्नुभएको छ । यसैगरी, गैरसांसदहरूमा डा. विजय पौडेल र जगन्नाथ खतिवडा मन्त्री हुनलाई दाम्लो छिनाउने सूचीमा हुनुुहुन्छ । गैरसांसद पनि छ महिनासम्म मन्त्री हुन पाउने कानुनी प्रावधानलाई टेकेर उहाँहरू मन्त्री हुनका लागि बल गरिरहनु भएको स्रोतको भनाइ छ ।
आफ्नै समूहका यस प्रकारका प्रवृति देखिए पछि नेपालले हिजो मन्त्री हुन दाम्लो चुडाँउनेहरूसँग आफ्नो केही नलाग्ने बिबशता पोख्नुभएको हो ।
नेपाली वहसबाट

सम्बन्धित खवर
- भाइरल शिक्षिका र शैक्षिक सुधारको बाटो
- सर्वोच्चको आदेश : नागरिकता अध्यादेश कार्यान्वयन नगर्नु (पूर्णपाठ सहित )
- ओली पार्टी मिलाउन खोज्ने, नेपाल दाहाललाई नछोड्ने
- प्रेम आले सहित तीनजना मन्त्री फिर्ता, को को बन्दैछन् नयाँ मन्त्री?
- भारतमा लकडाउनमा काम नपाउँदा अभिनेत्री बने यौनकर्मी, प्रहरीद्वारा पक्राउ
- भाइरसविरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने ? यस्ता छन् उपाय
- भाइरल शिक्षिका र शैक्षिक सुधारको बाटो
- निजी स्कूल र हस्पिटलमा लगानी गरेका श्रेष्ठलाई देउवा सरकारले बनायो स्वास्थ्य राज्यमन्त्री
- दिल्लीका सुरक्षाकर्मी धमाधम काठमाण्डौमा
- गाउँपालिका अध्यक्षको धम्की : अधिवेशनमा नसघाए जे पनि गर्न सक्छु
- आमा बनिन् रक्षा, सार्वजनिक गरिन् छोरी(तस्बिरहरू)
- उपप्रमुखसँग महिला कार्यक्रमले दियो एकल महिलालाई घर
Comments