
निजी स्कूल र हस्पिटलमा लगानी गरेका श्रेष्ठलाई देउवा सरकारले बनायो स्वास्थ्य राज्यमन्त्री
- श्रावण १०, २०७८ मा प्रकाशित

खबर संजाल, १० साउन, काठमाडौं ।
अदालतको परमादेश बाट प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई मन्त्रिमण्डल विस्तार गर्नु फलामको चिउरा चपाएसरह बनेको छ । आफ्नै पार्टी भित्रको भागवण्डा मिलाउन समेत चर्को हुने अवस्थामा माओवादी, जसपा र माधव नेपाल सहितको गठबन्धनमा भागवण्डा मिलाउन झनै चर्को बनिरहेको छ ।
कोरोना भाइरसको यत्रो जोखिम बढिरहेको समयमा स्वास्थ्यसहित सबैजसो मन्त्रालय मन्त्री विहिन हुँदा सर्वसाधारण मारमा परिरहेका छन् । चौतर्फी बिरोध पछि कम्तिमा स्वास्थ्य मन्त्री नियुक्त गर्नुपर्ने मोडमा पुगेका देउवाले आजै स्वास्थ्य राज्यमन्त्री लाई नियुक्ति दिएका छन् । स्वास्थ्य मन्त्रालय जसपाको भागमा परे पनि जसपाले विवाद नटुंगदा सम्म मन्त्रीको नाम दिन नसक्दा देउवाले राज्यमन्त्री नियुक्त गर्नुपरेको हो ।
देउवा सरकारमा कांग्रेस सांसद एवम् निजी विद्यालय व्यवसायी उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त भएका छन् ।
नवनियुक्त राज्यमन्त्री श्रेष्ठ हात्तिवनस्थित लिटिल एन्जल्स एजुकेसन ग्रुपका सञ्चालक हुन् । उनी उच्च माध्यमिक विद्यालय संघ नेपाल(हिसान)का संस्थापक अध्यक्ष र निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का पूर्व अध्यक्ष हुन् । उनी जनमैत्री अस्पतालका लगानीकर्ता समेत हुन् ।

सम्बन्धित खवर
- भाइरल शिक्षिका र शैक्षिक सुधारको बाटो
- सर्वोच्चको आदेश : नागरिकता अध्यादेश कार्यान्वयन नगर्नु (पूर्णपाठ सहित )
- ओली पार्टी मिलाउन खोज्ने, नेपाल दाहाललाई नछोड्ने
- प्रेम आले सहित तीनजना मन्त्री फिर्ता, को को बन्दैछन् नयाँ मन्त्री?
- भारतमा लकडाउनमा काम नपाउँदा अभिनेत्री बने यौनकर्मी, प्रहरीद्वारा पक्राउ
- भाइरसविरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने ? यस्ता छन् उपाय
- भाइरल शिक्षिका र शैक्षिक सुधारको बाटो
- निजी स्कूल र हस्पिटलमा लगानी गरेका श्रेष्ठलाई देउवा सरकारले बनायो स्वास्थ्य राज्यमन्त्री
- दिल्लीका सुरक्षाकर्मी धमाधम काठमाण्डौमा
- गाउँपालिका अध्यक्षको धम्की : अधिवेशनमा नसघाए जे पनि गर्न सक्छु
- आमा बनिन् रक्षा, सार्वजनिक गरिन् छोरी(तस्बिरहरू)
- उपप्रमुखसँग महिला कार्यक्रमले दियो एकल महिलालाई घर
Comments