
दिल्लीका सुरक्षाकर्मी धमाधम काठमाण्डौमा
- श्रावण १०, २०७८ मा प्रकाशित

खबर संजाल, १० साउन, काठमाडौं ।
एअर इण्डियाको उडान नम्बर AI २१५ को जहाज चढेर हिजो दिउँसो नयाँ दिल्लीबाट भारतका धेरै जना सरकारी कर्मचारी काठमाडौं उत्रेका छन् । त्यस क्रममा नयाँ दिल्लीस्थित आवासीय तर नेपालको निम्ति गैरआवासीय राजदूतहरु पनि आएका छन् ।
हिजो नेपालका लागि हंगेरीका गैरआवासीय राजदूत आन्द्रास लास्लो किरालीलगायत भारतीय कर्मचारी र तिनका परिवार आएका हुन् । भारतीय केन्द्रीय सरकारका कर्मचारी अमित सुधिर उपाध्याय, निखिल गजराज,दिपक पुरोहित र तरंकिता पाण्डे दिउँसो ३ बजे काठमाडौं उत्रिएका हुन् ।
हिजै आएका भारतीय कर्मचारीहरुमध्ये काठमाडौंस्थित राजदूतावासका प्रथम सचिव करुन वंशलको परिवारमा रविकुमार वंशलसहित चार जना छन् । केन्द्रीय सरकारका कर्मचारीहरुमध्ये अमित सुधिर उपाध्याय,निखल गजराज, दिपक पुरोहित र तारंकिता पाण्डे भने बौद्धस्थित होटल हायातमा बसेका छन् ।
हिजोको उक्त उडानबाट भारतीय दूतावासको सुरक्षामा तैनाथ सीआईएसएफ (केन्द्रीय औद्योगिक सुरक्षा बल) का प्रहरी इन्सपेक्टर एम दासको नेतृत्वमा १२ जनाको टोली पनि काठमाडौं आएको विमानस्थल स्रोतले जानकारी दिएको छ । जनआस्था बाट

सम्बन्धित खवर
- भाइरल शिक्षिका र शैक्षिक सुधारको बाटो
- सर्वोच्चको आदेश : नागरिकता अध्यादेश कार्यान्वयन नगर्नु (पूर्णपाठ सहित )
- ओली पार्टी मिलाउन खोज्ने, नेपाल दाहाललाई नछोड्ने
- प्रेम आले सहित तीनजना मन्त्री फिर्ता, को को बन्दैछन् नयाँ मन्त्री?
- भारतमा लकडाउनमा काम नपाउँदा अभिनेत्री बने यौनकर्मी, प्रहरीद्वारा पक्राउ
- भाइरसविरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने ? यस्ता छन् उपाय
- भाइरल शिक्षिका र शैक्षिक सुधारको बाटो
- निजी स्कूल र हस्पिटलमा लगानी गरेका श्रेष्ठलाई देउवा सरकारले बनायो स्वास्थ्य राज्यमन्त्री
- दिल्लीका सुरक्षाकर्मी धमाधम काठमाण्डौमा
- गाउँपालिका अध्यक्षको धम्की : अधिवेशनमा नसघाए जे पनि गर्न सक्छु
- आमा बनिन् रक्षा, सार्वजनिक गरिन् छोरी(तस्बिरहरू)
- उपप्रमुखसँग महिला कार्यक्रमले दियो एकल महिलालाई घर
Comments