
गाउँपालिका अध्यक्षको धम्की : अधिवेशनमा नसघाए जे पनि गर्न सक्छु
- श्रावण ६, २०७८ मा प्रकाशित

खबर संजाल, ६ साउन, खोटाङ
खोटाङस्थित दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईले आफुलाई १४ औँ महाधिवेशनमा जिताउनका लागि एक नेतालाई धम्की दिएका छन् ।
सोमबार गाउँपालिका प्रमुख राईले उपप्रमुख सपना राईको कार्य कक्षमा बोलाई महाधिवेशनमा आफूलाई जिताउन दवाव दिएको गाउँपालिका वडा नम्बर -१ याम्खाका पार्टी सचिव शुरमणी शर्मा पराजुलीले विज्ञप्ती जारी गरेका हुन् ।
अधिवेशनमा जिताउन सहयोग नगरे तिमालाई जे पनि गर्न सक्छु भनि धम्कि दिनुका साथै अधिवेशन पछि तिमी पार्टीमा रहने की नरहने विचार गर्नु, यो अन्तिम पटक चेतावनी दिएको भन्दै धम्की दिएको नेपाली कांग्रेस याम्खाका पार्टी सचिव पराजुलीले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
आफ्नो गाउँपालिका प्रमुख तथा नेपाली कांग्रेशका पदिय मर्यादाको समेत ख्यालै नगरी तल्लो स्तरमा गिरेर विभिन्न निज शब्दहरुको प्रयोग गरि प्रमुख राईले आफुलाई मानसिक पिडा दिएको विज्ञप्तीमा भनिएको छ ।
सचिव पराजुलीले भनेका छन् । ‘लोकतन्त्रमा प्रत्येक नागरिकहरुलाई स्वतन्त्र रुपमा बाँच्न पाउने,आफुलार्य मनपरेको विचार मिल्ने, व्याक्ति वा संघ सस्थाहरुलाई समर्थन गर्न पाउने अधिकार प्रत्येक नागरिकलाई हुन्छ । तर,पालिका प्रमुख जस्तो गरिमामय पदमा भएको व्याक्तिबाट यस किसिमको धम्कि तथा दुरव्याबाहार प्रति न्याय पाउन नेपाली कांग्रेस, मानव अधिकार समाजसेवी र आम सरोरकारवालाई निकाय समक्ष अपिल गर्दछु।’
सचिव पराजुली २०७२ सालदेखि नेपाली कांग्रेसको क्रियाशिल सदस्यको रुपमा कार्यरत छन् ।
यस्तै, यस घटना प्रति नेपाली कांग्रेस प्रदेश ख क्षेत्रिय कार्य समिति खोटाङले पनि प्रेस विज्ञप्ती निकाल्दै घटना प्रति आपत्ति जनाएको छ ।
आफ्नै पार्टीको वडा सचिवमाथि आफ्नै पार्टीको नेता महादिवेशन प्रतिनिधी तथा पालिका प्रमुख राईले १४ औँ महाधिवेशनको सन्दर्भलाई लिएर पार्टीको वडा सचिव पराजुलीलाई गालि गलोज गर्दे अपमान गर्ने तल्लो तहको शब्द प्रयोग गरि आफ्नो मर्यादा र ओहोदा विर्सिएर मानसिक पीडा हुने गरि धम्कि दिनु नेपाली कांग्रेसको नीति तथा संस्कार विपरित रहेकाले यसरी धम्कि दिने कार्य अत्यन्तै लज्जास्पद,खेदपूण र आपत्ती जनक रहेको छ । विज्ञप्तीमा लेखिएको छ ।
घटना प्रति जिल्ला पार्टीले सो घटनाको सत्य, तथ्य पत्ता लगाउन छानविन समिति गठन गरि छानविनको प्रक्रिया अगाडि बढाई दोषीमाथि कडा अनुशानको जोडदार कारबाही गरियोस भन्ने माग समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै पीडित सचिव पराजुलीलाई यस्ता गुण्डा गर्दी शैलिमा गरिने धाक धम्कि र गतिविधी बाट विचलित नभई संयमित र अनुशासित हुन आग्रह गरिएको छ ।
विज्ञप्तीमा नेपाली कांग्रेसका क्षेत्रिय सभापति तिर्थराज भट्टराईले हस्ताक्षर गरेका छन् ।



सम्बन्धित खवर
- भाइरल शिक्षिका र शैक्षिक सुधारको बाटो
- सर्वोच्चको आदेश : नागरिकता अध्यादेश कार्यान्वयन नगर्नु (पूर्णपाठ सहित )
- ओली पार्टी मिलाउन खोज्ने, नेपाल दाहाललाई नछोड्ने
- प्रेम आले सहित तीनजना मन्त्री फिर्ता, को को बन्दैछन् नयाँ मन्त्री?
- भारतमा लकडाउनमा काम नपाउँदा अभिनेत्री बने यौनकर्मी, प्रहरीद्वारा पक्राउ
- भाइरसविरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने ? यस्ता छन् उपाय
- भाइरल शिक्षिका र शैक्षिक सुधारको बाटो
- निजी स्कूल र हस्पिटलमा लगानी गरेका श्रेष्ठलाई देउवा सरकारले बनायो स्वास्थ्य राज्यमन्त्री
- दिल्लीका सुरक्षाकर्मी धमाधम काठमाण्डौमा
- गाउँपालिका अध्यक्षको धम्की : अधिवेशनमा नसघाए जे पनि गर्न सक्छु
- आमा बनिन् रक्षा, सार्वजनिक गरिन् छोरी(तस्बिरहरू)
- उपप्रमुखसँग महिला कार्यक्रमले दियो एकल महिलालाई घर
Comments