•   २१ असार २०७९, मंगलवार
  •   9:51:48 PM

शुरू भयो स्वतन्त्र गजल अभियान, सातै प्रदेशमा सम्पर्क प्रतिनिधि

- असार २७, २०७८ मा प्रकाशित


खबर संजाल, २७ असार, काठमाण्डौ ।
समय समयमा नेपाली गजल क्षेत्रमा विभिन्न खाले विवादहरू आइरहेका छन्, अझ भनौं नेपाली गजल कहिल्यै विवादरहित भएको अवस्था छैन । गजललाई बहरमा लेख्ने र स्वतन्त्र लेख्नेहरू बीचको विवाद चुलिँदै जाँदा स्वतन्त्र लेख्नेहरूले अभियान नै शुरू गरेका छन् । गजलकार विपिन सलामी संयोजक रहेको उक्त अभियानले सातै प्रदेशमा सम्पर्क प्रतिनिधिहरू पनि बनाएको छ । जसअन्तर्गत प्रदेश नं. १ मा अधिकारी, प्रदेश नं.२ मा लीलाराज दाहाल, बागमती प्रदेशमा अम्बिका कार्की र गण्डकी प्रदेशमा मिलन समीर रहेका छन् भने लुम्बिनी प्रदेशमा नकुल पौडेल, कर्णाली प्रदेशमा धिरेन अनुपम र सुदूरपश्चिम प्रदेशमा दिर्गराज प्रियसी रहेका छन् । स्वतन्त्र गजल अभियानका लागि बनेको यो टिमले एउटा अपील जारी गरेर स्वतन्त्र लयका गजलको संरक्षण र सम्बर्द्धनकालागि लागिपर्न शुरू गरिसकेको छ ।
स्वतन्त्र गजल अभियानको अपिल :

हार्दिक अपिल

स्वतन्त्र लयका गजलको संरक्षण र सम्बर्द्धनका लागि हामीले स्वतन्त्र लयमा गजल लेख्नेहरूलाई एकजुट भएर साझा मञ्चमा खडा गर्ने उद्देश्यका साथ हामीले तपाईंहरूको साथ, सहयोग र समर्थन चाहेका छौँ। स्वतन्त्र लयमा लेखिएका गजल नै नेपाली माटोका गजल हुन् भन्ने कुरालाई मनन् गर्दै तपाई/हामी मिलेर साझा धारणा बनाउन जरुरी भइसकेको यो अवस्थामा मिलेर सहकार्य गर्नुको कुनै विकल्प नरहेको कुरा अवगत गराउँदै हामी प्रदेश नं १ देखि प्रदेश नं ७ सम्म अभियान चलाएर प्रादेशिक रुपमा संगठित हुने अभियानमा छौँ। सामाजिक सञ्जालमा हामी स्वतन्त्र लयका गजलको पाठशाला बनाउनेदेखि लिएर नव सर्जकदेखि पुराना सर्जकसम्म सहजै पुग्ने एउटा पुलको निर्माण गर्ने सोचमा छौँ। यसले गजलको स्तर उन्नतिको दायरालाई अझै फराकिलो बनाउनेछ भन्ने कुरामा हामीले विश्वास गरेका छौँ। अनुशासन पनि गजलको महत्त्वपूर्ण पाटो हो भन्ने कुरालाई मनन् गर्दै अभियानलाई नकारात्मक प्रभाव पार्ने खालका कुनै पनि वादविवादमा संलग्न नभइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । स्वतन्त्र लयात्मक गजल लेखनमा लाग्नु भएका तपाईं/ हामी सम्पूर्ण गजलप्रेमी पाठक र सर्जकहरू सङ्गठित हुने लक्ष्यमा छौँ। यो अभियानका लागि प्रदेश प्रतिनिधि तोकिएको कुरा जानकारी गराउँदै सबैलाई आ-आफ्नो प्रदेश स्तरका प्रतिनिधिहरूसँग सम्पर्कमा रहेर आफ्ना विचार सहित साथ,सहयोग र समर्थन जनाई एकीकृत भइदिनुहुन हार्दिक अपिल गर्दछौं।

सम्पर्क प्रदेश प्रतिनिधि :-

प्रदेश नं.१- रोमु अधिकारी
प्रदेश नं.२- लीलाराज दाहाल
प्रदेश नं.३-बागमती प्रदेश – अम्बिका कार्की
प्रदेश नं.४-गण्डकी प्रदेश – मिलन समीर
प्रदेश नं.५-लुम्बिनी प्रदेश- नकुल पौडेल
प्रदेश नं.६-कर्णाली प्रदेश- धिरेन अनुपम
प्रदेश नं.७-सुदूरपश्चिम प्रदेश-दिर्गराज प्रियसी

 संयोजक
 बिपिन सलामी 
  स्वतन्त्र गजल अभियान
Comments