
आमा बनिन् रक्षा, सार्वजनिक गरिन् छोरी(तस्बिरहरू)
- असार २६, २०७८ मा प्रकाशित

काठमाडाैं । चर्चित अभिनेत्री रक्षा श्रेष्ठ पनि आमा बनेकी छन् । दुई महिना अगाडि एक छोरीको जन्म दिएकी रक्षाले आफु आमा बनेको बुधबार मात्र सार्वजनिक गरेकी छन् ।उनले बुधबार परेको आफ्नो दिनको अवसर पारेर छोरीको तस्बिर सार्वजनिक गर्दै आमा बनेको समेत जानकारी दिएकी हुन् । गत बैशाख २३ गते छोरीलाई जन्म दिएकी रक्षाले आमा बनेको खबर भने गोप्य राख्दै आएकी थिइन् ।

आज आफ्नो पनि जन्मदिन परेको र छोरी पनि दुई महिना पुगेकोले छोरीको तस्बिर सामाजिक संजाल माफर्त सार्वजनिक गरेको रक्षाले बताइन् । ‘मलाई पर्सन जीवन गोप्य राख्नै मनपर्छ । त्यसैले आमा बनेको खबर बाहिर ल्याएको थिइन’ रक्षाले भनिन् ‘केही मिडियाले मेरो बिषयमा छोरा जन्माएको लगायत केही भ्रामक समाचार हिजो बनाएको पाएकोले छोरीको नाम सहित तस्बिर सार्वजनिक गरेकी हुँ ।’

रक्षाको छोरीको नाम माहिरा गुरुङ रहेको छ । उनले छोरीका साथ केही तस्बिर सार्वजनिक गर्दै सामाजिक संजालमा लेखेकी छन् ‘मेरो छोरी दुई महिना पुगेकी छन् ।’रक्षा आज परेको आफ्नो जन्मदिन भने घरपरिवारसँगै सेलिब्रेसन गर्दै छिन् । अहिले साथीभाई भेला भएर जन्मदिन मनाउने माहोल नभएकोले जन्मदिन घरपरिवारसँगै घरमै मनाउन लागेको रक्षाले सुनाइन् ।

चर्चित हाँस्य सिरियल ‘भद्रगोल’मा अभिनय गरेपछि चर्चामा छाएकी श्रेष्ठ पछिल्लो समय सिरियल ‘सक्किगो नि’मा पनि देखिँदै आएकी थिइन् । गर्भवती भएपछि भने उनले कलाकारिताबाट ब्रेक लिएकी छन् ।
करिव १ सय बढी म्यूजिक भिडियो, केही सिरियलमा अभिनय गरेकी श्रेष्ठले ६० बढी विज्ञापन चलचित्रमा पनि काम गरेकी छन् । सिरियलमा कुमार कट्टे ‘जिग्री’सँग उनको जोडी दर्शकले निकै मन पराएका छन् । उनले विवाह समेत सुटुक्क गरेकी थिइन् ।


सम्बन्धित खवर
- भाइरल शिक्षिका र शैक्षिक सुधारको बाटो
- सर्वोच्चको आदेश : नागरिकता अध्यादेश कार्यान्वयन नगर्नु (पूर्णपाठ सहित )
- ओली पार्टी मिलाउन खोज्ने, नेपाल दाहाललाई नछोड्ने
- प्रेम आले सहित तीनजना मन्त्री फिर्ता, को को बन्दैछन् नयाँ मन्त्री?
- भारतमा लकडाउनमा काम नपाउँदा अभिनेत्री बने यौनकर्मी, प्रहरीद्वारा पक्राउ
- भाइरसविरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने ? यस्ता छन् उपाय
- भाइरल शिक्षिका र शैक्षिक सुधारको बाटो
- निजी स्कूल र हस्पिटलमा लगानी गरेका श्रेष्ठलाई देउवा सरकारले बनायो स्वास्थ्य राज्यमन्त्री
- दिल्लीका सुरक्षाकर्मी धमाधम काठमाण्डौमा
- गाउँपालिका अध्यक्षको धम्की : अधिवेशनमा नसघाए जे पनि गर्न सक्छु
- आमा बनिन् रक्षा, सार्वजनिक गरिन् छोरी(तस्बिरहरू)
- उपप्रमुखसँग महिला कार्यक्रमले दियो एकल महिलालाई घर
Comments