•   २१ असार २०७९, मंगलवार
  •   8:35:45 PM

बराहपोखरी गाउँपालिकाले गर्यो एम्बुलेन्स खरिद

- असार २५, २०७८ मा प्रकाशित


खबर संजाल, २५ असार, खोटाङ।
खोटाङको सुदुर दक्षिणमा अवस्थित स्थानिय तह बराहपोखरी गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ। लामो समयदेखि गाउँपालिकामा एम्बुलेन्स विहिन बनेको उक्त भेगले स्थानीय सरकार गठन भएको ३ वर्षपछि आफ्नै एम्बुलेन्स पाएको हो ।

एम्बुलेन्स भित्रिएसँगै गाउँपालिका भेगका बिरामीहरुले सेवा पाउने अपेक्षा गरेको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जाराले बताए ।

ग्रामिण भेगमा जनताको सेवा, सुविधाको लागि एम्बुलेन्स खरिद गरिएको र अब विरामी भएका जनताले विरामी भएको खण्डमा दु:ख नपाउने गाउँपालिका उपाध्यक्ष गोमा मगरले जानकारी दिइन्।

Comments