•   २१ असार २०७९, मंगलवार
  •   8:41:17 PM

युवा कर्मचारीले गरे स्वतन्त्र अभियानका लागि आह्वान

- असार ७, २०७८ मा प्रकाशित


२०७८ जेठ ७, काठमाण्डौं ।

कर्मचारी जगतमा देखिएको वितृष्णा र हकहितका सन्दर्भमा कर्मचारी संघ/संगठनले देखाएको अकर्मण्यता चिर्ने तथा नेपालको सार्वजनिक प्रशासन र त्यसका सदस्यहरुको सम्मान साथै स्वाभिमानलार्इ गरिमामय बनाउने उद्देश्यका साथ २०७८ साल असार ६ गतेका दिन युवा निजामती कर्मचारीहरुले संघर्ष समिति गठन गरी स्वतन्त्र निजामती कर्मचारी अभियानको थालनी गरेका छन् । उनीहरुले सबै देशभक्त स्वाभिमानी कर्मचारीहरुलार्इ एकताबद्ध भर्इ हातमा हात काँधमा काँध गरी अगाडी बढ्न आह्वान पनि गरेका छन् । यो अभियान कर्मचारी आन्दोलनको शुद्धिकरणको लागि त हुँदै हो, आवश्यकता परेको खण्डमा यो संगठनको रुपमा समेत उठाउने पूर्वको तारा हुन सक्छ । यो अभियानको थालनीसँगै पूर्ववत् स्थापित संगठनमा तरङ्ग आएको छ । यस अभियानबाट निदाएर सुतेका कर्मचारी आन्दोलनका नेतृत्वहरु झस्केका छन् ।

नेपालमा संघीयताको कार्यान्वयनको सन्दर्भमा कर्मचारी समायोजनमा भएका विभेदपूर्ण नीति एवं व्यवहार र प्रस्तावित संघीय निजामती सेवा ऐनमा कर्मचारीको सेवा सुविधा र हक अधिकारको विषयमा गरिएको अन्यायपूर्ण व्यवस्थाका कारण सिंगो कर्मचारी जगत असन्तुष्ट रहेको र यसलार्इ व्यवस्थित आन्दोलनको रुप दिर्इ आवाजहरुलार्इ बुलन्द पार्न युवा कर्मचारीहरुले अभियानको थालनी गरेका हुन् । यस स्वतन्त्र कर्मचारी अभियानका संयोजक पशुपति पोखरेलले कर्मचारीको हकहितका सन्दर्भमा सतिसाल भएर लड्ने प्रतिबद्धता जाहेर गर्दै यस अभियानमा जोडिन आम कर्मचारीहरुलार्इ सामाजिक संजाल मार्फत आह्वान गरेका छन् ।

यस स्वतन्त्र अभियानले तपसिलका मुद्दालार्इ लिएर अगाडी बढ्ने भनि निर्णय समेत गरेका छन् ।

  • प्रस्तावित संघीय निजामती सेवा ऐनमा भएको विभेदकारी व्यवस्थालार्इ सुधार गरि साविकको निजमाती सेवा ऐन, २०४९ मा भएका व्यवस्थालार्इ सम्बोधन गर्ने/प्रतिकुल नहुने गरि तत्काल संघीय निजामती सेवा ऐन जारी गर्न सरकार समक्ष माग गर्ने ।
  • कर्मचारी समायोजनमा भएको त्रुटी तत्काल सच्याउनु माग गर्ने ।
  • बढुवा प्रकृयालार्इ व्यवस्थित र अनुमानयोग्य बनाउन माग गर्ने ।
  • सरुवा प्रणालीलार्इ चक्रिय बनार्इ अनुमानयोग्य बनाउन माग गर्ने ।
  • राजपत्र अनंकित सेवामा निश्चित समय काम गरि सेवा अनुभव प्राप्त योग्यता पुगेका कर्मचारीले राजपत्रांकित प्रथम र द्वितीय श्रेणीको पदमा खुल्ला र आन्तरिक प्रतियोगितामा भाग लिन पाउने व्यवस्था कायम गर्न माग गर्ने ।
  • तीनै तहमा श्रैणीगत वा तहगत एउटै बनाउन माग गर्ने ।
  • स्थानीय सेवामा नयाँ नियुक्ती पार्इ कार्यरत कर्मचारीलार्इ निश्चित प्रक्रिया पुर्यार्इ प्रतियोगिता मार्फत प्रदेश र संघमा आउन पाउने व्यास्था गर्न माग गर्ने ।
  • निजामती सेवा ऐन, २०४९ र नियावली, २०५० मा उल्लेखित सबै सेवा/समुहका तथा तत्पश्चात विभिन्न समयमा स्थायी नियुक्ति पार्इ राष्ट्रिय किताबखानामा दर्ता भर्इ कर्मचारी नम्बर प्राप्त कर्मचारीहरुलार्इ आधिकारीक ट्रेड युनियनमा सहभागी हुन पाउने सुनिश्चितताको माग गर्ने ।
  • अस्थायी करार सेवामा सेवारत कर्मचारीलार्इ निश्चित अवधी पुरा गरार्इ आन्तरिक प्रतियोगिता वा आन्तरिक मूल्यांकन मार्फत स्थायी गर्ने प्रक्रियामा लान माग गर्ने ।
  • श्रेणीविहीन कर्मचारीहरु (कार्यालय सहयोगी, ह.स.च.)को सरुवा बढुवामा उचित सम्मान हुने  गरी व्यवस्थित कार्यविधी लागू गर्न माग गर्ने ।
  • विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भार्इरस नियन्त्रणको लागि अग्रपंतीमा रही सेवा प्रवाह गर्ने स्वास्थ्य कर्मी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी एवं अन्य संलग्न कर्मचारीलार्इ सतप्रतिशत भत्ताको व्यवस्था गर्न माग गर्ने ।
Comments