•   २१ असार २०७९, मंगलवार
  •   10:08:25 PM

जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपिओ निष्कासन हुँदै

- असार १, २०७८ मा प्रकाशित


खबर संजाल, १ असार, काठमाण्डौ ।
नेपाल धितोपत्र बोर्डले जीवन विकास लघुवित्त वित्तीय संस्थालाई सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले लघुवित्तलाई १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न जेठ ३० गते अनुमति दिएको हाे।
आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ।

लघुवित्तले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी-आइआर बीबीबी (त्रिपल बी) रेटिङ्ग प्रदान गरेको छ।
जीवन विकास लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ।
यसले समयमा नै दायित्व पुरा गर्न सकिने औषत जोखिम रहेको जनाउँछ।

Comments