•   २१ असार २०७९, मंगलवार
  •   9:41:50 PM

खोटाङमा ज्येष्ठ नागरिकलाई भेरोशिल खोप दिइने

- जेष्ठ २६, २०७८ मा प्रकाशित


खबर संजाल, २६ जेठ, खोटाङ ।
खोटाङमा  ६२ वर्षदेखि ६४ वर्ष उमेर समुहका ज्येष्ठ नागरिकलाई कोरोना विरुद्धको भेरोशिल खोप दिइने भएको छ । हिजो बसेको जिल्ला कोभिड संकट ब्यबस्थापन समितीको बैठकले यही २७ र २८ गते  चिनबाट अनुदान स्वरुप प्राप्त भएको भेरोशिल खोपको पहिलो डोज दिने निर्णय गरेको हो ।

योसँगै यसअघिको खोप अभियानमा पहिलो डोज लगाउन छुटेका ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई पनि खोप दिने निर्णय भएको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।
हालसम्म जिल्लाका ११ हजार ३६० जनालाई पहिलो मात्राको खोप र १ हजार ७१२ जनाले दोश्रो खोपको मात्रा लगाइसकेका छन् ।

Comments