
आईपीओमा ७८ अर्ब लगानी, इतिहासकै उच्च !
- जेष्ठ २६, २०७८ मा प्रकाशित

सेयरको प्राथमिक बजारमा (आईपीओ) यो वर्ष ७८ अर्ब रुपैयाँ लगानी भएको छ । जुन २८ वर्षको इतिहासमै उच्च हो । नेपाल धितोपत्र बोर्डले स–साना बचत संकलन गरी दीर्घकालिन पुँजी उत्पादनशील क्षेत्रमा सहयोग पुर्याउने बोर्डले उद्देश्यले सफलता हासिल गरेको जनाएको छ ।
आईपीओमा लगानीकर्ताको आकर्षण धेरै देखिन्छ । गत असारमा १७ लाख डिम्याट खाता रहेकोमा झण्डै एक वर्षको अवधिका शतप्रतिशत बढेर ३५ लाख डिम्याट खाता पुगेको छ । यस्तै मेरो सेयरको प्रयोगकर्ताहरु पनि तीन गुणाले बढेका छन् । हाल मेरो सेयरका प्रयोगकर्ता २६ लाख पुगिसकेको छ । अहिले एउटै कम्पनीको आईपीओमा १८ लाख बढीले आवेदन दिन थालेका छन् । जबकी गत असारसम्म ७ लाखले मात्र आवेदन दिन्थे ।
यस्तै अनलाइन कारोबारकालागि ६ लाख ६० हजारले युजर आइडी लिएका छन् । औसतमा ६ लाख प्रयोगकर्ता अनलाइन कारोबारमा आवद्ध छन् । पछिल्लो समय औसतमा १७ अर्बको हाराहारीमा कारोबार हुन थालेको छ । दोस्रो बजारका परिसूचकहरू ऐतिहासिक उचाइँमा रहेका छन् ।
कूल गार्हस्थ्य उत्पादनमा बजार पुँजीकरणको अनुपात गत वर्ष ४५ प्रतिशत मात्र रहेकोमा हाल कुल गार्हस्थ्य उत्पादन बराबर पुगेको छ । यसले धितोपत्रको बजार र तरलता बढेको पुष्टी गरेको छ । साथ,ै कारोबारको लागत घटाइएका कारणले बजारप्रति सर्वसाधारणको आकर्षण बृद्धि भइ व्यापक रूपमा सहभागिता बढ्न गएको बोर्डले भनेको छ ।
यससँगै अर्थतन्त्रमा अन्य लगानी क्षेत्रहरूमा संकुचन आएको र बैकिङ्ग क्षेत्रमा पर्याप्त तरलता रहेका कारण पनि दोस्रो बजार गतिविधिहरूमा ऐतिहासिक वृद्धि भएको अनुमान गर्न सकिन्छ । रातोपाटीबाट

सम्बन्धित खवर
- भाइरल शिक्षिका र शैक्षिक सुधारको बाटो
- सर्वोच्चको आदेश : नागरिकता अध्यादेश कार्यान्वयन नगर्नु (पूर्णपाठ सहित )
- ओली पार्टी मिलाउन खोज्ने, नेपाल दाहाललाई नछोड्ने
- प्रेम आले सहित तीनजना मन्त्री फिर्ता, को को बन्दैछन् नयाँ मन्त्री?
- भारतमा लकडाउनमा काम नपाउँदा अभिनेत्री बने यौनकर्मी, प्रहरीद्वारा पक्राउ
- भाइरसविरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने ? यस्ता छन् उपाय
- भाइरल शिक्षिका र शैक्षिक सुधारको बाटो
- निजी स्कूल र हस्पिटलमा लगानी गरेका श्रेष्ठलाई देउवा सरकारले बनायो स्वास्थ्य राज्यमन्त्री
- दिल्लीका सुरक्षाकर्मी धमाधम काठमाण्डौमा
- गाउँपालिका अध्यक्षको धम्की : अधिवेशनमा नसघाए जे पनि गर्न सक्छु
- आमा बनिन् रक्षा, सार्वजनिक गरिन् छोरी(तस्बिरहरू)
- उपप्रमुखसँग महिला कार्यक्रमले दियो एकल महिलालाई घर
Comments