•   २१ असार २०७९, मंगलवार
  •   10:29:45 PM

छबिलाल विश्वकर्मा : चर्चा राष्ट्रपतिको तर मन्त्री पनि नपाउने

- जेष्ठ २४, २०७८ मा प्रकाशित


छबिलाल बिकलाइ फेरी मन्त्रिपरिषदमा छुटाईएको छ । उनी नेकपा एमालेमा ओली पक्षीय स्थायी कमिटीमा सबै भन्दा कम अवसर पाउनेमा पर्छन । ओलीको पहिलो दोश्रो दुवै कार्यकालमा बिकलाई मन्त्रीको रुपमा हेरिएको थियो । तर दुवै पटक परेनन ।

नेकपा एमालेमा रहेर भारतीय प्रवासी मंच, मुक्ति समाज र सम्पर्क मंच लगायतको संगठनमा प्रमुख भएर काम गरेका बिक पछिल्लो पटक रुपन्देही १ बाट निर्वाचित सांसद थिए ।

शालिन र भद्र व्यक्तित्व , सके सम्म असन्तुष्ट बाहिर जाहेर नगर्ने खालको ।

उनि दोश्रो जनआन्दोलन पछि गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा बनेको अन्तरिम सरकारमा कृषि मन्त्रि बनेका थिए ।

मन्त्रीपद आफै नमाग्ने स्वभावका कारण उनि नेतृत्वको नजरमा नपरेको हुन सक्ने कार्यकर्ताको बुझाइ छ ।

ओली पक्षीय नेताहरुमा सुरु देखि नै साथ दीईरहने मध्येका एक हुन छबिलाल विश्वकर्मा ।

छबिलाल विश्वकर्मा – ओलीले सधै बिर्सेको आफ्नो

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली आफ्ना मान्छेलाइ सेट गर्न माहिर मानिन्छन । ओलीलाई पार्टी भन्दा पनि गुट राम्ररी चलाउन जानेर नेता भएको भनिन्छ । ओलीले कसै माथि अडान लिए भने जस्तै अवस्थामा पनि छोडदैनन । उनले एकपटक आफ्नो ठाने पछि जस्तो सुकै अफ्टेरोमा पनि छोडदैनन भनिन्छ । तर सुरुदेखि नै ओली कित्तामा प्रष्ट रुपमा लागेका छबिलाल विश्वकर्मालाई भने ओलीले हाल सम्म आफ्नो क्याबिनेटमा राखेका छैनन । ओलीको दुवै कार्यकालमा छबिलाललाइ मन्त्रीको रुपमा हेरिएको थियो । ओलीले धेरैलाई दोहोराई तेहर्याई मन्त्रि बनाए । यति सम्म कि चर्को आलोचक ठानिएको घनश्याम भुसाल र योगेश भट्टराइलाइ समेत मन्त्री बनाए । तर ओलीले सधै आफ्नो समुहमा रहेको छबिलाल विश्वकर्मालाइ लगातार मन्त्रिपरिषदमा नराख्दा कार्यकर्ता माझ असन्तोष देखिएको छ ।

कहिले पर्छ छबिलाल माथि ओलीको नजर ?

यसपाली छबिलाल विश्वकर्मा मन्त्रि बन्लान भन्ने धेरैले आसा गरेका थिए । आफ्नो गुट भित्रको करिब करिब सबैलाई लाभको पद बाडेंका ओलीले सुरु देखि नै छबिलाल विश्वकर्मालाइ बेवास्ता गर्दै आएका छन । छबिलाल विश्वकर्मा सुरु देखि नै ओली पक्षमा खुलेर लागेका स्थायी कमिटि सदस्य हुन । उसो त पालोको हिसावले छबिलाल विस्वकर्मा प्रम ओलीको पहिलो कार्यकालमै मन्त्री बन्ने आसा गरिएको थियो । तर ओली गाह्रो समयको प्रधानमन्त्री बनेको भन्दै छबिलाललाइ मन्त्रि नबनेर सहयोग गर्न आग्रह गरे पछि उनले मन्त्री नबनीदिएर सहयोग गरे l बिक कम मतले ९ औं महाधिवेसनमा जित हासिल पारेका केपी ओलीलाई सुरु देखि नै खुलेर लाग्ने नेता हुन । पछि ओलीकै दोश्रो कार्यकालमा उनी ढुक्कले मन्त्रि हुने मानिएको थियो । तर ओलीले १८ पटक मन्त्रिपरिषद पुनर्गठन गर्दा पनि छविलाल विश्वकर्मा नपरे पछि भने कार्यकर्ताका माझ असन्तोष देखिएको छ । यस बारेमा कार्यकर्ताहरुले बुझ्न खोज्दा ‘काम गर्दै जाने हो नेतृत्वले आवस्यक ठान्दा म सधै तयार छु’ भन्ने औपचारिक भाषा बोलेकोले खास के भएको हो बिकका नजिकका कार्यकर्ताले पनि अनुमान लगाउन सकेका छैनन ।

Comments