•   २१ असार २०७९, मंगलवार
  •   10:16:06 PM

काम नपरी पैदल हिँड्नेलाई काठमाण्डौमा दिनभरि होल्ड, मास्क नलाए जरिवाना

- जेष्ठ १८, २०७८ मा प्रकाशित


खबर संजाल, १८ जेठ, काठमाण्डौ ।
काठमाण्डौमा अत्यावश्यक काम नपरि हिँड्ने र पास नबोकी हिँड्नेलाई जरिवाना तिराउन थालिएको छ ।
मास्क नलगाइ सार्वजनिक ठाउँमा आवतजावत गरेमा पटकैपिच्छे एक सय रुपैयाँ, विना काम बाहिर निस्किए पटकै पिच्छे दुई सय रुपैयाँ जरिवाना हुने र अत्यावश्यक बाहेकका गाडी चलाएमा दुई पाङ्ग्रेलाई पटकै पिच्छे दुई हजार रुपैयाँ र अन्य गाडीलाई पटकै पिच्छे पाँच हजार रुपैयाँ जरिवाना हुने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।

पछिल्लो पटक थपिएको निषेधाज्ञा पालना गर्न गराउन केही दिन सम्झाइबुझाइ नै गरिएको भए पनि अटेर गरेपछि एक सयदेखि दुई सय रुपैयाँसम्म जरिवाना तिराउन थालिएको ट्राफिक प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार पास नबोकी हिँड्ने गाडीलाई दिनभरि होल्ड गर्ने र सयदेखि दुई रुपैयाँसम्म जरिवाना गर्ने गरिएको छ।

अहिले हरेक दैनिक एक हजार जना कारबाहीमा पर्ने गरेका छन् । कोभिड सम्बन्धी अध्यादेशमा निषेधाज्ञा पालना नगर्नेलाई एक वर्षसम्मको कैद, पाँच लाख रुपैयाँसम्मको जरिवाना वा दुवै सजाय हुने भनिएको थियो ।

Comments