•   २१ असार २०७९, मंगलवार
  •   9:37:55 PM

अदालतले बुझेन राजनीति, केपी ओली सही भएको पुष्टि

- जेष्ठ ८, २०७८ मा प्रकाशित


खबर संजाल, ८ जेठ, काठमाण्डौ ।
प्रतिनिधिसभाको विधिवत् विघटन भएपछि एकपटक फेरि प्रधानमन्त्री केपी ओली सही सावित भएका छन् ।
अघिल्लो पुस ५ मा प्रतिनिधिसभा विघटन गरेको ओलीको कदम गलत भएको भनेर सर्वत्र बिरोध भएको थियो । सर्वोच्चमा मुद्दा परेर प्रतिनिधिसभा ब्युतिएपछि प्रधानमन्त्री ओलीले अदालतले राजनीति निर्धारण नगर्ने बताउँदै आएका थिए।
नयाँ सरकार बन्ने कुनै सम्भावना नदेखेपछि आफूले संसद विघटन गरेको ओलीले प्रष्ट पारेका थिए। अन्तत संविधानका कुनै पनि धाराबाट नयाँ सरकार बन्न नसकेपछि मध्यरातमा फेरि प्रतिनिधिसभा विघटन भएको छ।
ओलीका जीवनकै सबैभन्दा ठूलो गल्तीको रूपमा हेरिएको प्रतिनिधिसभाको अघिल्लो विघटनलाई अब भने ओलिको दूरदर्शिताको रूपमा बुझ्नुपर्ने अवस्था सृजना भएको छ।

Comments