•   २१ असार २०७९, मंगलवार
  •   9:43:54 PM

लोकसेवा आयोग विशेष समसामयिक जानकारी

- बैशाख २५, २०७८ मा प्रकाशित


१. मिति २०७६ माघ १० गतेका दिन बसेको मन्त्रिपरिषद्को बैठकले कति स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गर्यो?

५ स्थान (डोटीको जोरायल गाउँपालिका–२, बझाङको तलकोट गाउँपालिकाका–६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका–६, स्याङ्जाको चापाकोट नगरपालिका–९ र स्याङ्जाकै गल्याङ नगरपालिका–१)

२. अमेरिकी चर्चित म्यागजिन फोब्र्सद्वारा सन् २०२१ अप्रिल ७ मा सार्वजनिक विश्वका धनाढ्यको सूचीमा प्रथम स्थानमा पर्न सफल व्यक्ति को हुन् ?

जेफ बेजोस(अमेरिका) (अमेजन कम्पनीका मालिक रहेको उनको सम्पती १ सय ७७ अर्ब अमेरिकी डरल रहेको)

३. प्रसिद्ध ओल्का पर्व नेपालको कुन क्षेत्रमा प्रचलित छ?

सुदुर पश्चिम    

४. २५ औं पटक सगरमाथाको सफल आरोहण गरि विश्व रेकर्ड राख्ने नेपाली पर्वतारोही को हुन् ?

सोलुखुम्बु जिल्ला निवासी कामी रिता शेर्पा (२०७८ वैशाख २४ गते अर्थात २०२१ मे ७ तारिखका दिन ११ जना आरोही साथ सगरमाथाको चुचुरो पुगेका)

५. बायो भिलेज नमुना कार्यक्रम कुन जिल्लामा सञ्चालित छ?

तनहुँ

६. पहिचान सम्मान-२०७७ कसलार्इ प्रदान गरियो ?

खगेन्द्र संग्रौला (प्रत्येक पाँच/पाँच बर्षमा प्रदान गरिने यो पुरस्कारको प्रस्कार राशी ४ लाख २ हजार २ रुपैयाँ रहेको)

७. हाल नेपालका गैंडाको संख्या कति रहेको छ ?

७५२ (२०७७ चैत्र २८ गते सार्वजनिक प्रतिवेदन अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८,  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गैँडा भेटिएका – कुल गैँडामध्ये वयस्क ५२०, अर्धवयस्क ९६ र बच्चा १३६ रहेको । गैँडा गणना २०७७ चैत ९ देखि २८ सम्म गरिएको ।)

८. नेपालमा स्वास्थ्य बिमा कार्यक्रम कहिलेबाट सुरुवात गरियो?

२०७२ चैत २५ गते (तपाईको स्वास्थ्य, हाम्रो अठोट भन्ने मुल नाराका साथ कैलाली जिल्लाबाट सुरु गरिएको)

९. भर्चुअल मुद्राको सुरुवात कुन देशबाट भएको हो ?

जापान

१०. भिजन पेपर-२०३० के हो ?

नेपाल उद्योग वाणिज्य संघले जारी गरेको १० बर्षे भिजन (वाणिज्य संघको ५५ औं बार्षिक साधारण सभाको अवसरमा मिति २०७७ चैत्र २८ गते जारी उक्त भिजनले अर्थतन्त्र दोहोरो अंकमा वृद्धि गर्ने, आगामी १० वर्षभित्र मुलुकको अर्थतन्त्र १०० अर्ब डलरको पुर्‍याउने र दिगो उच्च आर्थिक वृद्धिमार्फत अतिरिक्त २२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको)

११. मल्टिड्रग थेरापी कुन रोगसँग सम्बन्धित उपचार विधि हो ?

कुष्ठरोग

१२. के हो सिस्टर रोबर्ट ?

कोभिड–१९ लगायत रोगबाट सङ्क्रमित (विशेषगरी आइसोलेसनमा रहेका) बिरामीको सहयोग एवम् स्वास्थ्यकर्मीलाई ती बिरामीबाट सुरक्षित राख्न सहयोग पुर्याउने रोबर्ट ।
– बागमती प्रदेशको सक्रियतामा नेपाल इन्जिनियर्स एसोसियसनद्वारा यसको निर्माण गरिएको ।
– यस रोबर्टको सहयोगबाट बिरामीलाई आवश्यक पर्ने औषधि, खाना, पानीलगायतका सामग्री रिमोट कन्ट्रोलको सहायताले बिरामीसम्म पुर्याउन सकिने ।

१३. फिफा यू-२० विश्वकप फुटबल-२०२३ कहाँ आयोजाना हुने भएको छ?

इन्डोनेसिया

 १४. RIKEN के हो ?

अनुसन्धान केन्द्र (सन् १९१७ मा जापानमा स्थापना भएको वैज्ञानिक अनुसन्धान केन्द्र)

१५. Integrity Icon Nepal-2020 कसले प्राप्त गर्यो ?

आरती थारु (नेपालगञ्ज स्वास्थ्य चौकीमा जनस्वास्थ्य निरिक्षकको रुपमा कार्यरत)

नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको महामारी कोभिड-१९ को संक्रमणले विश्वमा नै स्वास्थ्य संकटको परिस्थिति सृजना भएको छ । यस विषम परिस्थितिमा स्वास्थ्य सम्बन्धी मापदण्डको अनिवार्य रुपमा पालना गरौं । आफु पनि बाँचौ, अरुलार्इ पनि बचाऔं ।

संकलक: दिपेश पाेखरेल (खार्पाली)

https://www.facebook.com/dipesh.pokharel1

https://www.facebook.com/dipesh.pokharel1
Comments